
काठमाडौं । सरकारले आयुर्वेदलाई पहिलो प्राथमिकतामा राखेर सहजरुपमा चिकित्सक भेटिने र उपचार पाउने व्यवस्था गर्नुपर्ने बिज्ञहरुको सुझाब छ । आयुर्वेदको उद्गम भूमि नेपाल भएपनी आयुर्वेदको खोज, अध्ययन र अभ्यासमा नेपाल पछाडी परेको छ । अहिले सबै जिल्लामा आयुर्वेदिक अस्पताल त खुलेका छन् तर त्यहाँबाट उपचार सेवा पाउने बिरामीको संख्या न्यून छ ।
आर्थिक वर्ष २०८२÷८३ का लागि सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि ९५ अर्ब ८१ करोड रुपियाँको बजेट विनियोजन गरेको छ । जसमध्ये ठुलो रकम आयुर्वेदमा पनि जान्छ । तर आयुर्वेदिक उपचारमा नतिजा सन्तोषजनक भने छँदै छैन । सरकारी आयुर्वेदिक केन्द्रबाट औषधि उपचार पाउनेहरुको संख्या न्यून छ । नेपालमा आयुर्वेद उपचारको शाख निजि क्षेत्रले भने बरु राम्रैसँग जोगाएको देखिन्छ । निजि क्षेत्रमा आयुर्वेदिक उपचार गर्ने अस्पताल, उपचार केन्द्रहरु छ्याप्छ्य्प्ती छन् ।
त्यसैले आम नागरिकलाई पनि कुन आयुर्वेदिक केन्द्रको बिश्वास गर्ने भन्नेमा अन्योल छ । सरकारीस्थरबाटै आयुर्वेद उपचारको प्रचारप्रसार र नियमनमा साथै आयुर्वेदलाई प्राथमिकतामा राखेर सहजरुपमा चिकित्सक भेटिने र उपचार औषधि पाउने व्यवस्था गर्न आवश्यक रहेको बिज्ञहरु बताउछन् ।
आयुवेृद विश्वको ९० भन्दा बढी मुलुकमा प्रचलित उपचार पद्धति हो । दक्षिण र उत्तर अमेरिका, अर्जेन्टिना, जर्मनी, युक्रेन लगायत मुलुकमा आयुर्वेदिक उपचार अपनाएको पाइन्छ । यदि सरकारले आयुर्वेद क्षेत्रलाई ब्यवस्थित बनाउने हो भने नेपाललाई आयुर्वेदको उपचार हब नै बनाउन सकिने बिज्ञको भनाइ छ ।
आयुर्वेदको नीति निर्माणमा चर्चा भएपनि त्यो अधिकांस कागजमै सिमित छ । देशको पुरानो औषधालय सिंहदरबार वैद्य खाना नराम्रोसँग थला परेको छ भने नरदेवी आयुर्वेद अस्पताल लगायत आयुर्वेदिक संस्थाहरु जसले पाउनुपर्ने प्राथमिकता पाएको छैन । ती विस्तारै जीर्ण अवस्थामा पुगेका छन् ।
आयुर्वेदिक उपचारको साइड इफेक्ट कम हुन्छ । ढिलो नतिजा दिने हुँदा आकस्मिक हृदयघात जस्तो अवस्था र दुर्घटनाले आइपर्ने आकस्मिक अवस्थामा एलोप्याथिक उपचार नै गराउनुपर्छ । तर जिवनशैली सँग सम्बन्धित धेरै रोगमा आयुर्वेद प्रभावकारी उपचार पद्धति हो । उच्च पहाडी र हिमाली भेग तथा पर्याप्त जडीबुटी पाइने कारण आयुर्वेद उपचारको लागि नेपाल एकदमै सम्भावनायुक्त भुमि हो । तर पनि संतोषजनक नतिजा दिने गरि आयुर्वेदमा बिकास गर्न सकिएको छैन । यसतर्फ सरकार वा यसमा आवद्ध नीजि क्षेत्रहरु कहाँ चुकिरहेका छन्, यसतर्पm भने सबैको ध्यान जानु पर्छ ।