News 24 Television
ओली–विद्याबीच प्रदेश बैठकमै टकराव ! अब दोहोरै एक्सनको सम्भावना ! 

काठमाडौं । सत्तारुढ दल नेकपा एमाले विधान महाधिवेशनको तयारीमा छ । विधान महाधिवेशन मिति नजिकिएसँगै एमाले देशभर जागेको देखिन्छ । प्रदेश तहका कार्र्यक्रम चुस्तदुरुस्त बनाउन केन्द्रीय नेता प्रदेश केन्द्रित बनेका छन् । तर, प्रदेश कमिटि बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिको ढोका बन्द गरेको विषयमा मतभिन्नता देखिएको छ । 

विधान महाधिवेशनको तयारी तीव्रतासँगै नेकपा एमालेमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीविरुद्धको निर्णयको चर्चाले पनि तीव्रता पाइरहेको छ । जसरी विधान महाधिवेशनको तयारीका लागि केन्द्रीय नेताहरु प्रदेश केन्द्रित बनेका छन्, त्यसरी नै उनीहरुमाथि विद्यामाथि पार्टीले गरेको निषेधबारे प्रश्न तेर्सिरहेका हुन् । 

अध्यक्ष केपी शर्मा ओलीको एकलौटी निर्णयले भण्डारीलाई रोकेपनि तल्लो तहका नेता कार्यकर्ता सन्तुष्ट छैनन् । त्यसैले नै प्रदेश कमिटिमा यो विषयमा छलफल भइरहेको  छ । ललितपुरको गोदावरी सन्राईज हलमा भदौ २० देखि २२ सम्म एमाले विधान महाधिवेसन हुँदैछ । जसले एमालेको भावि राजनीतिक कार्यदिशा तय गर्नेछ । एमालेको पदाधिकारी, पोलिटब्युरो हुँदै केन्द्रीय कमिटिबाट पारित भएका विधान संशोधनबारे प्रदेश कमिटिमा बहस भइरहेको हो । 

जिल्ला कमिटि र प्रदेश कमिटिका नेता कार्यकर्तालाई विधान संशोधनमा सहभागि भइ सुझाव राख्न समेत भनिएको छ । बागमति र कोशी प्रदेशका प्रदेश कमिटि बैठक चलिरहेका छन् । बैठकमा भण्डारीलाई रोक्ने निर्णयको चर्काे विरोध देखिएको छ । बागमतिमा बहुमत सदस्यले विद्या पक्षमा खुलेको बताइएपनि सार्वजनिक रुपमा बोल्न नेताहरुले आनकानी गरिरहेका छन् । 

कोशी र बागमतिमा विद्या पक्ष बलियो रहेको बताइन्छ । तर एमोले नेतृत्वले अपानी नै जारी गरेर विद्यालाई सक्रिय राजनीतिका रोक्ने निर्णय कार्यान्वन गराउन उर्दी जारी गरेको छ ।  

ओेलीमाथि विद्याको मन्द–मन्द आक्रमण !

साउन ६ मा सकिएको केन्द्रीय कमिटि बैठकले पुर्वाराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिबाट रोक लगाएको छ । साथै, अध्यक्ष ओलीलाई भावि अध्यक्ष बनाउने गरी बैठकले ७० बर्षे उमेर हद  र दुई कार्याकालको प्रावधान हटाएको छ । 

त्यसयता भण्डारीले मदन भण्डारी फाउन्डेसनलाई प्रमुख हतियार बनाएकि छिन् । अनमनगरमा कार्यालय नै खोलेर भण्डारीले गतिविधि तीब्र पारेकी छन् । फाउन्डेसनले हीरक जयन्तीको समेत तयारी गरिरहेको छ । समितिमा विद्याले आफ्नो दबदबा पुग्ने गरी समिति बनाएकि छिन् । बागमतीका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलको संयोजकत्वमा ७५ सदस्यीय मदन भण्डारी हिरक मूल व्यवस्थापन समिति बनेको छ । 

मदन भण्डारी फाउण्डेसन नै केपी ओलीको टाउको  दुखाई !

ओलीले भने मदन भण्डारी फाउन्डेसनसंग नेकपा एमालेको कुनै साइनो नरहेको भन्ने चरणसम्म आफुलाई पु¥याएका छन् । फाउन्डेसन ठगी खाने भाँडो बनेको बताउँन थालेका छन्, ओलीले । जबकी ओलीले यसअघि आफुलाई कुनैपनि अप्ठ्यारो पर्दा भण्डारी फाउन्डेसनको सहारा लिने गरेका थिए । ओलीले यतिसम्म चलाखी खेल सुरु गरेका छन् की मदन–आश्रित स्मृति प्रतिष्ठान सक्रिय बनाउन लागिपरेका छन् । यस कामका लागि ओलीले आफु निकटका नेता उपमहासचिव प्रदीप ज्ञवालीलाई नेतृत्व सुम्पिएका छन् । विद्याका कदम रोक्न ओलीले यो कार्ड फाल्न खोजेको बुझाई नेताहरुमा छ । 

यता, ओली पक्षका नेताहरु केन्द्रीय समितिले पारित गरेको निर्णय पार्टीको तल्लो तहसम्मै सर्वसम्वत गराउन लागि परेका छन् । महासचिव शंकर पोखरेलले त्यसको नेतृत्व गरिरहेका छन् । महासचिव पोखरेलले पूर्वराष्ट्रपतिबारे अनावश्यक बखेडा नझिक्न नेता कार्यकर्तालाई निर्देशन दिइरहेका छन् । यता, अर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्ण’ पौडेलले पदीय मर्यादालाई सबैले केन्द्रमा राख्नुपर्ने बताइरहेका छन् । 

हुनत, यस पहिले नै ओलीले विद्याको पक्षमा नखुल्न तल्लो तहका नेताहरुलाई सर्कुलर नै जारी नगरेका होइनन् । तर विद्या पक्षका नेताहरु रोकिनेवाला छैनौं शैलीमा देखिन्छन् । 

विशेषगरी विद्याको पकड क्षेत्रको रुपमा कोशी मानिएको छ । किनभने उनले सक्रिय राजनीतिमा आउने छनक त्यहिबाट सुरु गरेकी थिइन् । तर पार्टीले पुर्ण रुपमा ढोका बन्द गरेपनि हार नमानेकी भण्डारीको थापागाँउमा सम्पर्क कार्यालय खोल्ने तयारीले ओली माथि दबाब सिर्जना भइरहेको छ । 

एमालेको मिसन–०८४ मा धक्का

सत्तारुढ दल समेत रहेको एमाले मिसन ०८४ अभियानमा समेत उत्तिकै केन्द्रीत देखिन्छ । तर, पार्टी भित्र विद्या पक्षको असन्तुष्टीले मिसन–०८४ धक्का पुग्ने विश्लेषण सुरु भएको  छ । यहि छनक पाएका अध्यक्ष ओली भने एमाले–कांग्रेस गठबन्धन चुनाव पछि कायम हुने जिकिर गर्न थालेका छन् । यस्तो अवस्थामा एमालेको राजनीतिले ओली वा विद्या कसलाई हानी गर्छ त्यो भने हर्न बाकी छ । 

प्रकाशित मिति: बिहीबार, साउन २९, २०८२  ०८:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update