
काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले एकल नश्लीय शासन प्रवृत्तिका कारण लोकतान्त्रिक व्यवस्था सबै नागरिकको बन्न नसकेको टिप्पणी गरेका छन् ।
बिहीवार जनता समाजवादी पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपालबीच कार्यगत एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । उनले लोकतन्त्र स्थापना भएको ३५ वर्ष पुग्दा समेत नागरिकले आफ्नो अधिकार पाउन नसकेको उनको भनाइ छ ।
उनले लोकतन्त्रमा समेत शासनको चरित्र एकल नश्लीय हुँदा जनताले अधिकारको प्रत्याभुति गर्न नसकेको टिप्पणी गरे । अहिलेका शीर्ष तीन नेताहरु शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहालमा समेत एकल नश्लीय शासन प्रवृत्ति हाबी भएको आरोप उनले लगाए ।
मुलुकमा लामो समयदेखि उत्पीडन व्याप्त रहेको भन्दै मुलुकले क्रान्ति खोजिरहेको समेत उनकाे टिप्पणी छ । सात वटा संविधान निर्माण हुँदा पनि एउटै संविधान जनताको बन्न नसकेको समेत उनले बताए ।