
काठमाडौं । सन् २००३ मा डब्लुएचओले एक सय भन्दा बढी रोगमा अकुपञ्चर उपचार प्रयोग गर्न मिल्ने सुझाएपछी हाल अकुपन्चर थेरापी नेपालमा बिस्तार हुँदै गएको छ । हाडजोर्नी दुख्ने लगायत बिरामीका लागि अकुपन्चर विधिबाट उपचार गर्दा लाभ भएपछि अकुपन्चर थेरापीमा आकर्षण बढेको हो ।अकुपन्चर थेरापी लिँदा अकुपन्चर कै विशेषज्ञ चिकित्सकबाट यो थेरापी लिए मात्र नतिजा राम्रो आउने बिज्ञ बताउछन् ।
पछिल्लो समय अकुपञ्चर धेरै नै विकासित र तथ्यपरक हुँदै आएको छ । जसको कारण विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले पूर्ण रुपमा मान्यता पनि दिएको छ । डब्लुएचओले सन् १९७९ मा अकुपञ्चर प्रयोग गरेर निर्मुल पारिने समस्याहरुको तालिका नै प्रकाशन गरेको थियो, जसमा ४३ रोग समावेश गरिएको थियो । हाल काठमाण्डौ उपत्यकाका अकुपन्चर अस्पतालहरु यो थेरापी लिन देश बिदेशबाट आउनेको संख्या बढेको अस्पतालहरुको पनि तथ्यांक छ ।
अकुपन्चर थेरापीबाट उपचार गरेपछि औषधि सेवन गर्न पनि नपर्ने साइड इफेक्ट पनि नभई स्वास्थ्य समस्या निर्मुल भएको बिरामीहरु बताउछन् ।
अकुपञ्चर चिकित्सा चिनियाँ चिकित्सा पद्धतिअन्तर्गतको चिकित्सा विधि हो । अकु अर्थात सियो र पञ्चर अर्थात घोचाई । यस अर्थमा स साना सियोको माध्यमबाट छालाका विभिन्न विन्दुहरूमा गरिने घोचाई नै सामान्य अर्थमा अकुपञ्चर चिकित्सा हो । अकुपञ्चर चिकित्सा अन्य विभिन्न स्वास्थ्य समस्याहरुमा उपयोगी भएता पनि बिशेष रुपले दुखाई कम गर्नका लागि फाइदाजनक छ ।
अकुपञ्चरले शरीरमा स्थानीय मेकानिजम, स्पाइनल कर्ड मेकानिजम, इन्डोजेनस ओपोइड सर्किट मेकानिज्म,स्नायु प्रणाली मेकानिज्म र स्नायु मांशपेसीगत मेकानिजमबाट काम गर्छ ।
अकुपन्चर थेरापी दिने धेरै स्वास्थ्य संस्था छन् तर अकुपन्चर कै विशेषज्ञ चिकित्सकबाट यो थेरापी लिए मात्र नतिजा राम्रो आउने बिज्ञ बताउछन् । दक्ष व्यक्तिले आवश्यक अकुपोइन्टहरुमा विधिपूर्वक अकुपञ्चर सियो राख्दा त्यसले फाइदा गर्छ । विकासित देश चीन तथा अमेरिका, युरोपका धेरै देशहरुमा अकुपञ्चर थेरापी गर्नेहरुको संख्या बढ्दो छ ।