News 24 Television
लगाम नै नलाग्ने नेताका हुँकार, कहाँ के बोल्ने कसले सिकाउने ? 

काठमाडौं । राजनीतिक दलका नेताहरुले दिने अभिव्यक्तिमा लगाम नै हुन्न । नेताहरुले दिने अभिव्यक्ति, दाबी र राजनीतिक घोचपेचले जनतामा आक्रोश फैलाइरहेको छ, भने राजनीतिप्रति नै निराशा फैलिने खतरा बढ्दै गएको छ । नेताहरुले राजनीतिक एजेण्डाभन्दा पनि किन दाउपेचमा होमिने काम गरिरहेका छन् त ? 

राजनीतिक दलका शीर्ष नेताहरुले दिने अभिव्यक्तिले कहिलेकाँही सर्वसाधारण झुक्किन्छन् । उनीहरु अनौठो वादविवादमा फस्छन् । 

सत्तापक्षले प्रतिपक्षलाई र प्रतिपक्षले सत्ता पक्षलाई लखेट्न हदैसम्म पुग्छन् । जसकारण राजनीतिक संस्कारभन्दा पनि कसले कसलाई निचो देखाउने भन्नेमै विषय जोडतोडले चल्छ ।

यस्तै कारण सर्वसाधारणमा राजनीति, दल र नेताहरुमाथिको आक्रोश रोकिन सकेको छैन, भने समाजले विश्वास गर्ने पात्रहरुले पनि अराजकतालाई प्रसय दिन्छन् । 

शेखरले कसेको यो व्यंग्य झट्ट हेर्दा सहि लाग्छ । जग्गा जमिनमा हुने विवादको क्रममा एमाले कहि न कतै जोडिन्छ । भूमी विधयेकदेखि गिरिबन्धु जग्गा वा यति प्रकरणमा समेत जोडिन पुग्नुले प्रश्नहरु स्वभाविक जस्ता लाग्छन् । तर, के शेखरले दिएको यो अभिव्यक्तिले सुशासन कायम गराउन काम गर्छ ? यस्तो देखिन्न । 

प्रश्न उठ्ने तर, निवारण नहुने विषयले  जनतामा आक्रोशबाहेक केहि दिन सकेको छैन । राजनीतिक दलका नेताहरुले दिने यस्ता अभिव्यक्तिको चाङमा अन्य दल र नेताहरु पनि छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टी सहकारी ठगी आरोपमा पूर्पक्षका लागि थुनामा रहेका रवि लामिछानेलाई सभापति मात्रै मानिरहेको छैन्, प्रतिशोधको रटान लगाइरहेको छ । जबकी रवि आफैले आफ्नो भागमा पर्ने बिगो तिरेर छुट्न पाउँ भन्दै अदालतमा निवेदन दिने स्थिति छ । तर, पनि रास्वपाले ०८४ को निर्वाचनमा १९० सिट ल्याउने हुंकार दिन थालेको छ । 

कार्यक्रम हुन्छ, सुरक्षा निकायको । प्रधानमन्त्री केपी ओलीले भाषण गर्छन, अमुक राजनीतिक दल र नेतामाथि आक्रोश पोख्दै । प्रधानमन्त्रीले सुरक्षा निकायको कार्यक्रममा गर्ने भाषण कस्तो हुने ? सुरक्षा निकायको मनोबल उच्च राख्नका निम्ति कस्ता योजना दिने ? सरकारले सुरक्षा निकायलाई कसरी सवलीकरण गर्दैछ ? जस्ता कुरा गर्ने वा अमुक दल र नेतामाथि टिप्पणी गर्ने ? सीमा कत्तिपनि देखिन्न । 

लामो समयसम्म राजनीतिक तर मारेकाहरु आफूमा केन्द्रिकृत राजनीति कसरी फर्काउन सकिन्छ भन्ने ध्याउन्नमा हुँदा ठूला भनिएका दल र नेताहरुमाथि हाम्रा नेताहरु निर्मम पेश हुन्छन् । 

राजनीतिक दाउपेच र तानातान असाध्यै तीब्र बनिरहेको छ । त्यसका निम्ति प्रधानमन्त्री केपी ओली र प्रचण्डको यो अभिव्यक्तिलाई हेरौं । 
भ्रष्टाचारको ग्राफ घट्न सकेको छैन् । दिनप्रतिदिन भ्रष्टाचार बढ्दोक्रममा रहेको छ । तर नेताहरुले भ्रष्टाचार नियन्त्रणका लागि एकजुट हुनुको सट्टा एकले अर्कोलाई आरोप लगाउनेबाहेक केहि गर्ने छाँट देखाउने गरेको स्थिति छैन । यस्तै, अर्का पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि कम भने देखिन्नन् । स्वार्थ मिलुन्जेल सहकार्य गर्ने, रातारात भेट्ने तर झोक चलेको बेला हदैसम्मको टिप्पणी गर्नेमा उनी पनि अग्रपंक्तिमा देखिन्छन् । 

यस्ता अभिव्यक्तिका चाङमा सबै दल, नेताहरुको सक्रिय भूमिका देखिन्छ । जसकारण सिंगो राजनीतिक प्रणालीमाथि नै जनताले एकखाले आक्रोश पोख्ने गरेको देखिन्छ । 

प्रकाशित मिति: सोमबार, भदौ २, २०८२  ०८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update