News 24 Television
दीपकृत मगरको शब्द, संगीत तथा स्वर रहेको ‘फुल झै बोलको नयाँ गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं । दीपकृत मगरको शब्द, संगीत तथा स्वर रहेको ‘फुल झै’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । लिम्बू कला संस्कृतिमा आधारित ख्यालीसमेत सम्मिश्रित गीतको म्युजिक भिडियो दीपकृत मगर नामक युट्युबमार्फत नै सार्वजनिक गरिएको हो ।

जसमा इङ्सो हाङ सुहाङ र  प्रभा राईको ख्याली रहेको छ भने रोशन महर्जनको सारङ्गी संयोजन रहेको छ । त्यस्तै बासुरीमा प्रश्ना महर्जन, कोरस भोकलमा गौरब राई तथा रत्न ज्योती शाक्यको छाँयाङ्कन रहेको छ । सम्राट चौलागाईंले निर्देशन गरेको  म्युजिक भिडियोमा जेरि लिम्बु, बिदिशा राई, इन्द्र राई, समीर राई र पवन लिम्बू लगायत कलाकार रहेका छन् । 

भिडियो

प्रकाशित मिति: सोमबार, भदौ २, २०८२  १४:००
प्रतिक्रिया दिनुहोस्
Weather Update