
काठमाडौं । नेपालको आधुनिक संगीत जगतमा करिब १५ वर्षदेखि सक्रिय रहँदै आएका संगीतकार तथा गिटारिस्ट सम्प्रित राई राष्ट्रिय स्तरमा सम्मानित कलाकारका रूपमा स्थापित भएका छन् ।
परम्परागत नेपाली बाध्यवादनहरू तबला, बाँसुरी र सारंगीलाई आधुनिक गिटार संरचनासँग मिसाएर नयाँ शैलीको संगीत सिर्जना गर्ने उनको प्रयासले नेपाली संगीतलाई विश्व स्तरमा चिनाउन मद्दत पुयाएको छ ।
गिटार वादन मात्र नभई साउन्ड हीलिङ (संगीत उपचार) को अभ्यासकका रूपमा पनि राई सक्रिय छन्।
उनले गिटारको मधुर धुनलाई लोक वाद्य, सिंगिङ बाउल र अन्य थेराप्युटिक ध्वनिसँग मिश्रण गरी मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पुयाउने कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।
यसरी तयार गरिएका सुत्रहरूले तनाव, चिन्ता र मानसिक असन्तुलनबाट मुक्त हुन सहयोग पुयाउने र विशेषगरी ज्येष्ठ नागरिक तथा संवेदनशील समूहलाई शान्ति, ध्यान र सामुदायिक एकता अनुभूत गराउने राई बताउँछन्। यस किसिमको अभ्यास नेपाली संगीत क्षेत्रमा अझै पनि दुर्लभ छ ।
दुईपटक राष्ट्रिय संगीत सम्मान पाएका राई गिटार प्रदर्शनको नयाँ परिभाषा दिने, नेपाली संगीतको संरक्षण गर्ने र अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने योगदानका आधारमा यो पुरस्कार दिइएको हो ।
यसअघि भर्चुअल ब्याटल अफ द व्याण्डस् २०२४ मा निर्णायकसमेत रहेका उनी साधना अनलाइन ट्यालेन्ट हन्टमा समेत निर्णायक रहिसकेका छन् ।