News 24 Television
संवैधानिक सर्वोच्चतामा जेन–जीको लगाव ! कस्तो रहला अबको परिदृष्य ?

काठमाडौं । नेपालको संविधान कार्यान्वयनमा आएको दशक पुगेको छ । तरपनि, अहिलेसम्म समेत संविधानको पक्ष–विपक्ष बहसहरु चलिनै रहेका छन् । यसक्रममै केहि आन्तरिक असन्तुष्टि लगाएतका विषय र आन्दोलनले संविधानमा धक्का पु¥याउने काम पनि भइरहेको छ । जेन–जी आन्दोलनको प्रभावले झण्डै खारेजीको डिलमा पुगेको संविधान अन्तरिम सरकारले पनि स्वीकार गर्दै मनाएपछि भने, अबको निकास के ? यसमा सबैको चासो छ । यद्दपि, संविधान दिवसमा धेरै अन्य पक्षहरु पनि सार्जवनिक भएका छन् । 

असोज ३ गते, नेपालको संविधान जारी भएको दिन । यो दिन संविधान दिवससँगै राष्ट्रिय दिवस पनि हो । नेपाली जनताले आफ्नालागि आफै लेखेको संविधानका रुपमा रहेको संविधान पनि हो, वर्तमान संविधान । तर, यो बीचमा धेरै उतारचढाप भए । यस वर्ष त संविधान दिवस नै अन्योलतामा परेको थियो । तर, अब अन्योलता हटेको छ । जेनजी आन्दोलनपछि संविधान दिसव मनाइएला कि नमनाइएला भन्ने चासोहरु बढेका थिए । 

यस्तोमा संविधान दिवस मनाउने निर्णय गर्न राजनीतिक दलहरुलाई पनि केहि सकस देखिएको थियो । यहि क्रममा नेकपा माओवादी केन्द्रले बिहीबार पार्टी कार्यालयमा झण्डा र रंगरोगनको तयारीसहित संविधान दिवसलाई भव्य मनाउने निर्णय गर्दै प्रचण्डले सम्बोधन गर्ने निर्णय सार्वजनिक ग¥यो र शुक्रबार संविधान दिवस मनायो । 

यता, नेकपा एमाले र कांग्रेसले पनि संविधान दिवसलाई मनाए । एमालेले च्यासलमा संविधान दिवस मनाउदा कांग्रेसले जिल्ला–जिल्लामा संविधान दिवस भव्यताका साथ मनायो । यहि दिन कांग्रेस केन्द्रीय कार्यालयमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्यो र राजनीतिक दलबारेका विषयमा अडान राख्यो । यता, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संविधान विघटनको अन्तिममा पुगेपनि आफूले जोगाएको दाबी गरे । 

संविधान दिवस मनाउँदै एमालेले अहिलेको राजनीतिक परिस्थितिबारे विश्लेषण गर्दै राजनीतिक दलहरुलाई पाखा लगाएर कुनै काम गर्न नसकिने बताइरहेको छ । 

संविधान दिवस र राजनीतिक दलहरुको यस्तो जुहारी चलिरहेको बेला कांग्रेसले पनि संवैधानिक सर्वोच्चताको पक्षमा बोलेको छ । 

यता, अन्तरिम सरकारले पनि संविधान दिवस मनायो । दिवसलाई सम्बोधन गर्दै अन्तरिम प्रधानमन्त्री सुशिला कार्कीले अहिलेको परिस्थिति सबैखाले वेथिति र अनास्थाले सिर्जना भएको तर, लोकतन्त्रको विकल्प नरहेको बताइन् । 

संविधान तथा राष्ट्रिय दिवसको केन्द्रमा सरकार वा राजनीतिक दल हुनुपर्ने भएपनि यो पटक राष्ट्रपतिको भूमिकाबारेको चर्चा भइरहेको छ । 

राष्ट्रपति रामचन्द्र पौडेलले पनि संविधानको रक्षा कसरी भयो भन्ने विषयमा प्रष्ट पार्दै भनेका छन्, ’प्रतिनिधि सभाबाट सरकार गठन गर्ने कुनै उपाय नभएपछि संसद विघटन गरियो ।’

सैनिक मञ्च टुडिखेलमा मनाइएको संविधान तथा राष्ट्रिय दिवसमा देखिएका दृश्यले संवैधानिक सर्वोच्चतामाथि केहि क्षति भएपनि पूर्णतः प्रभाव नपरेको र अब निर्वाचन तोकिएको समयमै सम्पन्न गर्नुपर्ने बाध्यता भने देखिन्छ । 

संविधान दिवस कसरी मनाइन्छ भन्ने चासोकाबीच सरकारले पनि अपनत्व लिएको संविधानको रक्षा र यसको संरक्षणसहित राजनीतिक प्रणालीलाई निकासतर्फ लैजाने प्रयास अघि बढेमा नेपालको राजनीतिक संक्रमण लामो समय नजाने विश्लेषण भइरहेको छ । तर, अहिले नै चुनावको सुनिश्चितता सरकारले दिन सक्ला ? राजनीतिक दललाई विश्वासमा लिएर काम गर्ला ? तमाम प्रश्न र चासोहरु भने उत्तिकै पेचिला देखिन्छन्  । 

प्रकाशित मिति: शनिबार, असोज ४, २०८२  ०८:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update