
काठमाडौं । नेपाली कांग्रेसमा शेरबहादुर देउवाले पार्टी नेतृत्व छाड्नुपर्ने माग चलिरहेको छ । कांग्रेसमा युवाको सहभागीतालाई सुनिश्चित गर्नुपर्नेदेखि देउवाको विकल्प खोज्ने विषयमा बहस चलिरहेको बेला कांग्रेसले आफूलाई कसरी अघि बढाउला ?
देउवा जेनजी आन्दोलनको क्रममा निर्घात कुटपीटमा पर्दा समेत नेतृत्वको पक्षमा नबोलेको कांग्रेसले अबको कांग्रेस कसरी विशाल अनि जनताप्रति जवाफदेही बनाउला ? प्रश्नहरु उठेका छन् ।
कांग्रेसमा पहिलेदेखि नै संस्थागत निर्णय कम, हल्ला बढि हुने गथ्र्यो । कांग्रेसमा व्यक्ति प्रधान जस्तो स्थिति देखिने गरेपनि नेतृत्वले बहुमतको बलमा पेल्ने र पार्टीलाई डो¥याउने काम चल्दै आएको देखिन्छ । तर, जेनजी आन्दोलनपछि बहुमत प्राप्त पार्टी सभापति शेरबहादुर देउवा संकटमा परेका छन् । देउवाको नेतृत्वमा अब पार्टी अघि नबढ्ने आवाज चर्किन थालेका छन्, भने युवाहरुले पार्टीमा सहभागीता र हिस्सेदारी माग्दै विरोध चर्काउन थालेका छन् ।
जेनजी आन्दोलनपछि युवाहरुको सहभागीताको सवाल थप पेचिलो बनिरहेको छ । तर, पार्टीमा आउने प्रावधान नै निर्वाचनको माध्याम हुने हुँदा को कसको गुटको र कसको प्रभाव कति भन्ने विषयले अर्थ राख्ने हुन्छ । कांग्रेसका ठूला भनिएका नेताहरु नै महाधिवेशनमा हारेपछि पदाधिकारीदेखि केन्द्रीय सदस्य बन्न नपाउने गरेको देखिन्छ । यस्तोमा कांग्रेस उपसभापति धनराज गुरुङले पनि युवा सहभागीतामा काम गर्नुपर्ने भनिरहेका छन् ।
कांग्रेस पदाधिकारी बैठक चलिरहेको छ । बैठकमा नेताहरुले धारणा राख्ने काम गरेपनि सभापति शेरबहादुर देउवा भने बैठकमा सहभागी भइरहेका छैनन् । तर, नेताहरुले समीक्षा भने गरिरहेका छन् । यस्तोमा कांग्रेस नेता अर्जुननरसिंह केसी पनि कांग्रेस अब परिवर्तन भएर आउनुपर्ने बताईरहेका छन् ।
कांग्रेसमा यस्ता बहस चलिनै रहने गर्छन् । यस्तोमा कांग्रेस नेता डा. शशांक कोइरालाले पनि देउवाले सोच्नुपर्ने बेला आएको भन्दै कार्यबाहक दिनुपर्नेमा जोड दिएका छन् ।
तर, देउवाले के गर्लान् भन्ने चासो भने अझैं चलिरहेको छ । कांग्रेसले नियमित महाधिवेशन गर्ने वा विशेष महाधिवेशनमा जाने भन्ने बहस चलाइरहेको छ । तर, देउवा अझैं पनि सार्वजनिक नभइसकेकाले केन्द्रीय समितिले गर्ने निर्णय नै कांग्रेसको बटम लाइन बन्नेछ । यद्यपी कांग्रेस सभापति देउवामाथि भएको निर्घात कुटपीटपछिको अवस्थामा समेत कांग्रेसले आनाकानी गर्दै धारणा सार्वजनिक गर्नुले अब कांग्रेस कसरी अघि बढ्छ भन्ने चासो भने थप बढेको छ ।