News 24 Television
जेनजी कम्पन : राप्रपा पनि हल्लिदै ! लिङ्देनलाई उभिन गाह्रो, जबरा जब्बर!

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र पनि महाधिवेशनको चटारो बढ्न थालेको छ । राप्रपाको संस्थापन इतर पक्षले महाधिवेशनको मिति तोक्न कडा रुपमा प्रस्तुत हुँदै, अल्टिमेटम समते दिदै अध्यक्ष राजेन्द्र लिङ्देनमाथि दबाब बढाउन थालेको छ ।

जेनजी आन्दोलनपछि हरेक पार्टीभित्र पुनर्गठनको बहस चर्किदै गएको छ । जेनजी आन्दोलनअघि समेत मुख्य नेतृत्वले आन्तरिक चुनावको सामना गरिरहेको बेला जेनजी आन्दोलनपछि भने यसको रफ्तार थप बढेको देखिन्छ । यस्तोमा राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर जबराले पनि मंसिर १८ गतेभन्दा अघि महाधिवेशनको मिति तोक्न अध्यक्ष राजेन्द्र लिङ्देनलाई अल्टिमेटम नै दिएका छन् । 

अहिलेको कार्यसमितिको ४ वर्षे कार्यकाल सकिन लागेको भन्दै महामन्त्री जबराले दबाब बढाउन थालेका छन् । यसअघि समेत उनको टिमले लिङ्देनमाथि दबाब दिदै आएको छ भने छुट्टै बैठक समेत बस्ने गरेको देखिन्छ । 

उसोतः गएको माघदेखि लिङ्देनले पार्टीको केन्द्रीय समिति बैठक समेत डाकेका छैनन्, भने जबरा पक्षका नेताहरुले भने निरन्तर बैठकदेखि विभिन्न माग राख्दै आएका छन् । राप्रपाको नियमित महाधिवेशन आउँदो मंसिरमा गरिसक्नुपर्नेछ । महाधिवेशन गर्नको लागि केन्द्रिय समितिको बैठक बोलाउन महामन्त्री जबराको समूहले दबाब दिन थालेको हो । इतरपक्षको बैठकमा जबरासहितका धेरै नेताहरु सहभागी भएको बताइएको छ । 

प्रकाशित मिति: सोमबार, असोज २७, २०८२  ०९:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update