
काठमाडौं । भदौ २३ र २४ को जेनजी आन्दोलनले शीर्ष राजनीतिक नेतृत्वलाई निसान बनायो । शीर्ष नेतृत्वप्रतिको असन्तुष्टि जेनजीले स्पष्ट पारिसकेको छ । तर, नेतृत्व परिवर्तन र पार्टीमा पुनःसंरचनाका विषयमा कांग्रेस र माओवादीमा सकरात्मक बहस भइरहे पनि एमालेमा भने ओली पथकै चर्चा छ ।
२०४६ साल यता २०८२ सम्म आइपुग्दा शेरबहादुर देउवा, केपी ओली र प्रचण्ड नै राजनीतिको केन्द्र बन्दै आएका छन् । दोहोरिएर–तेहेरिएर प्रधानमन्त्री उनीहरु नै बने । व्यवस्था परिवर्तन गर्न अहम् भुमिका खेलका उनीहरु जनताको जिवनस्तरमा मलम लगाउन चुके । बरु विलासी जिवनयापनमा लिप्त हुँदा आम नागरिकको आवाज सुन्न छोडेका थिए ।
त्यहिबेला भदौ २३ र २४ मा चौतर्फी फैलीएको जेनजी आन्दोलनले उनीहरुलाई सच्चिने की सक्किने भन्ने अवस्थामा पुर्याएको छ । यतिबेला एमाले, कांग्रेस र माओवादी सहितका दल भित्र पुस्तान्तरण र जेनजी सहभागिताको विषयमा बहस सुरु भएको छ ।
विशेषगरी नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसमा बुढापाका नेताहरुलाई अभिभावकीय भुमिका दिनुपर्ने र जेनजी पुस्तालाई केन्द्रीय नेतृत्वमा एक चौथायी सहभागि गराउनुपर्ने माग उठेका छन् ।
सन् १९९७ देखि २०१२ का विचमा जन्मिएको जेनजी पुस्ताले ल्याएको राजनीतिक उथलपुथललाई लिएर नेपाली कांग्रेसमा बहस घन्किएको देखिन्छ । महामन्त्रीद्घय गगन थापा र विश्वप्रकाश शर्माले पाका पुस्तालाई विश्राम गर्न सार्वजनिक रुपमा अपिल गरेको अवस्था छ भने पार्टीको विशेष महाधिवेसनलाई हस्ताक्षर अभियान चलाइएको हो ।
कांग्रेसमा आस्थावान रहेका जेनजी युवाले समेत पार्टीतहमा सहभागिता बढाउनुपर्ने दबाब बढाउने संकेत गर्न थालेका छन् । नेविसंघका अध्यक्ष दुजाङ शेर्पा पार्टीमा सबै तहमा ४० प्रतिशत युवा सहभागि हुनुपर्ने बताउँछन् ।
माओवादीमा जेनजी पुस्ताका युवा नेताले पार्टीको सबै तहमा २५ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्न माग राख्दै अध्यक्ष प्रचण्ड समक्ष ज्ञापनपत्र समेत बुझाइसकेको अवस्था छ । अध्यक्ष प्रचण्ड समक्ष ज्ञापनपत्र बुझाउने प्रतिनिधिले अहिले नेतृत्व पुस्ता अभिभावकीय भुमिकामा रहनुपर्ने समेत स्पष्ट पारेका छन् ।
यता, तत्कालिन समयमा जेनजीको आन्दोलनमा परेर सत्ताच्युत हुन पुगेको नेकपा एमालेमा भने यस विषयले खासै प्रवेश पाएको छैन् । बरु अध्यक्ष केपी शर्मा ओली नै सर्वेसर्वाको सन्देश दिन नेताहरु तल्लिन छन् ।
भक्तपुरको गुण्डुबाट राजनीतिक सक्रियता बढाएका ओली आजीवन नेतृत्व सम्हाल्ने दाबी मात्रै गरिरहेका छैनन्, पुरातन पंक्तिलाई प्रश्चय दिइरहेका छन् । एमालेमा भएका जेनजीले पनि खुट्टा चाल्न सकिरहेको छैन् । तर सोच्ने बाध्य भने बनाइदिएको छ ।
नेपाली राजनीतिमा पुस्तान्तरण र नेतृत्व हस्तान्तरणको मुद्धा नौलो होइन् । तर जेनजी मुभमेन्टले ल्याएको उथलपुथलले थप बल पुर्याएको छ । अस्थामा कांग्रेस, एमाले र माओवादी नेतृत्वले नेतृत्व हस्तान्तरण र जेनजी पुस्तालाई स्थान दिन सकेन भने पार्टी अतित्व नै संकटतर्फ उन्मुख हुने विश्लेषण हुन थालेका छन् । अनि, युवा पुस्ताले पनि राजनीतिक चेतसहित नेतृत्व लिन अग्रसर हुने सुनौलो अवसर देखिएको छ ।