News 24 Television
नेशनल ग्यास्ट्रो लिभर सेन्टरको लगनखेलमा भव्य उद्घाटन

ललितपुर । लगनखेलस्थित सञ्चयकोष भवनको दोस्रो तलामा स्थापना गरिएको नेशनल ग्यास्ट्रो लिभर सेन्टर (NGLC) आज एक समारोहबीच भव्य रूपमा उद्घाटन गरिएको छ। अत्याधुनिक प्रविधि र दक्ष विशेषज्ञ चिकित्सकहरूको टोलीसहित सञ्चालनमा आएको यस केन्द्रले पेट, आन्द्रा तथा कलेजोसम्बन्धी रोगको सम्पूर्ण उपचार एकै स्थानमा  उपलब्ध गराउने लक्ष्य अघि सारेको छ। 

उद्घाटनसँगै नेशनल ग्यास्ट्रो लिभर सेन्टरले आजदेखि नै आफ्नो सेवा नियमित रूपमा सञ्चालनमा ल्याएको छ। साधारण समस्यादेखि लिएर जटिल पाचन तथा कलेजोसम्बन्धी उपचार अब यही केन्द्रबाट उपलब्ध गराइनेछ।उद्घाटन कार्यक्रम दिउँसो २ बजेदेखि ७ बजेसम्म केन्द्र परिसरमै सम्पन्न भयो। कार्यक्रममा स्थानीय समुदाय, स्वास्थ्यकर्मी तथा सरोकारवालाको उल्लेखनीय उपस्थिति रहेको आयोजकले जनाएका छन् ।

अत्याधुनिक सेवा एकै छानामुनि:

NGLC लाई ‘उत्कृष्टताको क्लिनिक’का रूपमा विकसित गर्ने उद्देश्यसहित सञ्चालनमा ल्याइएको हो। केन्द्रमा उपलब्ध हुने प्रमुख सेवाहरू यसप्रकार छन्—

•    एआई–सहायित छिटो र शुद्ध निदान सेवा

•    उन्नत एन्डोस्कोपी सुविधा

•    कलेजो, पित्तथैली र प्यान्क्रियाससम्बन्धी रोगहरूको विशेषज्ञ उपचार

•    हेपटाइटिस र सिरोसिस व्यवस्थापन

•    नियमित परामर्श तथा क्लिनिक सेवा

•    फार्मेसी सेवा

  साथै, निकट भविष्यमा कार्डियोलोजी, स्त्रीरोग तथा प्रसूति (OBG) लगायतका अन्य विशेषज्ञ सेवा विस्तार गर्ने तयारी गरिएको छ।

विशेषज्ञ चिकित्सकद्वारा नेतृत्व:

केन्द्रको नेतृत्व ग्यास्ट्रोएन्टेरोलोजिस्ट तथा ट्रान्सप्लान्ट हेपाटोलोजिस्ट डा. शेखर पौडेलले गरेका छन्। उनका अनुसार NGLC ले गुणस्तरीय, सुरक्षित र सबैका लागि सजिलै उपलब्ध हुने स्वास्थ्य सेवा प्रदान गर्दै राजधानी उपत्यकामा पाचन तथा कलेजो उपचारका लागि एक विश्वसनीय केन्द्रका रूपमा स्थापित हुने विश्वास लिइएको छ।सुविधासम्पन्न पूर्वाधार, आधुनिक डिजाइन, सहज पहुँच र व्यक्तिगत हेरचाहमा आधारित सेवा यस केन्द्रका मुख्य आकर्षण हुने बताइएको छ।

प्रकाशित मिति: सोमबार, मंसिर १५, २०८२  १५:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update