News 24 Television
रविको कमाण्डमा रास्वपा, घण्टीघरमा रविको भब्य स्वागत, सबैको हिसाबकिताब गर्ने बाचा !

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ८ महिनापछि सक्रिय राजनीतिमा फर्किएका छन् । आइतबार सभापति लामिछानेलाई पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बाजागाजासहित पार्टी सभापतिको कमाण्डमा फर्किएका हुन् । बिहिवार उच्च अदालत बुटवल, इजलासले धरौटीमा रिहा गर्न आदेश दिएपछि रिहा भएका लामिछाने पार्टी केन्द्रीय कार्यालय पुग्दाको माहोल निकै रमझमपुर्ण र उल्लासमय थियो । 

भैरहवास्थित जिल्ला अदालत रूपन्देहीमा कुल ३ करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको बैंक जमानत तथा धरौटी बुझाएर शुक्रबार रिहा भएका रास्वपा सभापति रवि लामिछाने पार्टी गतिविधिमा फर्किएका छन् । 

आइतबारबाट जिम्मेवारीमा फर्किएका लामिछानेलाई केन्द्रीय पार्टी कार्यालय वनस्थलीमा भब्य स्वागत गरियो । रास्वपाका नेता कार्यकर्ताले बाजागाजा सहित भब्य स्वागत गर्दा रवि मन्त्रमुग्ध थिए । वरिपरी नेता, कार्यकर्ता र समर्थकको भिडले घेरिदै पार्टी कार्यालय प्रवेश गरेका रवि बोल्न थालेपछि भने केहि आक्रमक देखिए ।

रविले अरु के के भने ? 

–समयमै चुनाव गराउन भुमिका खेल्ने

–जेनजीलाई कमजोर पार्ने विरुद्ध कठोर ढंगले उभिने

–सहिदको रगतमा होली खेल्नेलाई नछाड्ने

–बैकल्पिक शक्ति एक ठाउँमा उभिने 

–एमाले–कांग्रेस भदौ २३ र २४ को दोषी 

उच्च अदालत तुलसीपुरको वुटवल इजलासले जमानत तथा धरौटी रकम बुझाउन आदेश दिँदा उनलाई राहत मिलेको हो । 

राजनीतिक रुपमा सभापतिमाथि प्रतिशोध साँधिएको भन्द रास्वपाले हस्ताक्षर अभियान समेत चलाएको थियो । उच्च अदालतबाट रिहाइको आदेश पाएर सभापति पार्टी नेत्तृत्वमा फर्किएपछि रास्वपा नेता कार्यकर्ता र समर्थकमा खुसियाली छाएको छ । सभापति लामिछानेको रिहाई र सक्रियतालाई लिएर उपसभापति डिपी अर्याल मख्ख छन् ।

जमानत तथा धरौटीमा रिहा भएका लामिछानेको मुद्धाको न्यायिक प्रक्रिया भने टुंगिएको छैन् । कुनै पनि बेला अदालतले उनको रिहा उल्ट्याउन सक्ने अवस्था पनि जिवितै छ । अर्काेतर्फ काठमाडौँ, पोखरा र चितवनमा पनि लामिछाने विरुद्द सोहि मुद्धा रहँदा भावी संकट उनको शीरमै छ । तर लामो समय नेपाल प्रहरी सेवामा काम गरेका पुर्वएआइजी तथा अहिले रास्वपाका नेता विश्वराज पोखरेल भने लामिछानेलाई राज्यले अनावश्यक दुख दिएको दाबी गर्छन् । 

नेता पोखरेलले आफु कहाँ पुगेको सूचना अनुसार तत्कालिन सरकारले प्रहरी अधिकारी परिचालन गरेर लामिछानेलाई राजनीतिक प्रतिशोधको सिकार बनाइएको जिकिर गर्छन् । 

प्रकाशित मिति: सोमबार, पुस ७, २०८२  ०९:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update