News 24 Television
भक्तपुर क्यान्सर अस्पतालद्वारा खोटाङ, सिन्धुली र रामेछापमा पाठेघर र स्तन स्क्रिनिङ शिविर संचालन

भक्तपुर । भक्तपुर क्यान्सर अस्पतालको आयोजनामा खोटाङको रुपाकोटमा पाठेघर र स्तन स्क्रिनिङ शिविर सम्पन्न भएको छ ।  तीन जिल्लामा ग्रामिण महिला लक्षित पाठेघर र स्तन स्क्रिनिङ शिविर संचालन गरेको हो ।

 मंगलबार खोटाङ  दिक्तेल‌ रुपाकोटमा बुधबार सिन्धुलीको फिक्कल, बिहीबार रामेछापमा तीन दिनसम्म संचालन हुने उक्त शिविरमा करिब ५ सय महिलाले सेवा लिने भक्तपुर क्यान्सर अस्पतालका  कार्यकारी निर्देशक क्यान्सर विशेषज्ञ डा. उज्वल चालिसेले जानकारी दिए । 

शिविरमा प्याप स्मियर तथा भिडियो एक्स रे प्रबिधिबाट स्वास्थ्य परीक्षण गरिएको पनि उनले बताए । शिविरमा विशेषज्ञ चिकित्सकहरु डा. उज्जवल चालिसे, डा. एलिजा श्रेष्ठ, डा. आशुतोश शाह लगायतको‌ टोलीले सेवा दिएको थियो। 

chalise-2-1767154485.jpg
शिविरमा चेक जाँच गर्न आएका बिरामीहरुमा  बिभिन्न किसिमका समस्याहरु देखिएको केहीको क्याानसर सङ्का गरि थप उपचार‌को लाागि भक्तपुर क्याान्सर अस्पताल रेफर गरिएको जानकारि कार्यकारि निर्देशक डा. उज्जवल चालिसे दिएका छन् । 

शिविरमा रोग पत्ता लागेका विरामीहरुको सम्पूर्ण उपचार निःशुल्क गरिने जानकारी पनि उनले जानकारी दिए । खोटाङ रामेछाप र सिन्धुली गरि  तिन जिल्लाका ग्रामिण क्षेत्रका  महिलाहरुलाई लक्ष्यित गरि भक्तपुर क्यान्सर अस्पताल भक्तपुरले पाठेघर र स्तन स्करिनिङ शिविर सन्चालन गरेको हो।

प्रकाशित मिति: बुधबार, पुस १६, २०८२  १०:००
प्रतिक्रिया दिनुहोस्
Weather Update