बेलायत । गीतकार लिलाराज काम्बाङ्को ‘धरधरी रुवायो’गित सार्बजनिक भएको छ। मकर बहादुर योन्जनको स्वर संगीत रहेको अत्यन्तै मार्मिक गित हालै युट्युब मार्फत सार्बजनिक गरिएको हो।
मिलन पछिको बिछोडको अबस्था लाई सो गितमा समाबेस गरिएको छ। सो गित हेरेर सुनेर प्रतिक्रिया दिन सबै स्रोता तथा दर्शकलाई गितकार काम्बाङले अनुरोध गरेका छन्।
भोइस अफ नेपाल सिजन–५ मकर बहादुर योन्जनको सुमधुर आवाज रहेको सो गित युट्युब मार्फत हेर्न सकिने छ। सो गितको भिडियोमा मकर बहादुर योन्जन, बिमला खजुम, नुलम काम्बाङ, प्रबल थिङ तामाङ, लगायतका कलाकार हरु ले अभिनय गरेका छन् ।
सामाजिक सेवामा समेत अगाडि रहेका गीतकार काम्बाङले ‘बालुवाको महलल’ ‘भेटौला दोभानमा’ ‘याद’ ‘अन्तक्षरि’ ‘जोड्यो कि माया’ ‘छुट्ने बेला’ लगायत दर्जनौं लोक प्रिय गित हरुरचना गरि स्रोता तथा दर्शकमाझ युट्युब च्यानलमार्फत बजारमा ल्याएका छन् । उनका अनुसार केही दिनपछि अर्को नयाँ गितको रेकर्डिङको समेत तयारी भइरहेको छ ।

आफ्नो जन्म थलो क्षेत्र पाँचथर याङ्वरकमा धेरै सामाजिक कार्य गरिरहेका गीतकार लिलाराज काम्बाङ हाल बेलायतको युकेमा बस्दै आएका छन् ।
