News 24 Television
भक्तपुर क्यान्सर अस्पताल र कान्ति बाल अस्पतालबीच सम्झौता

भक्तपुर । बालबालिकाको क्यान्सरको उपचार गर्न भक्तपुर क्यान्सर र कान्तिबाल अस्पतालबिच सम्झौता भएको छ।

बालबालिकाहरुमा अहिले बड्दो अबस्थामा देखिएको  क्यान्सर रोगको उपचारलाई अझ प्रभावकारी र व्यवस्थित बनाउन समझदारिका साथ अगाडि बढ्ने  उद्रेस्यले कान्ति बाल  अस्पताल सङ सोमबार सम्झौता भएको भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. उज्वल चालिसेले बताए । 

दुवै अस्पतालका प्रमुखबीच भएको समझदारीपछि अब क्यान्सरबाट पीडित बालबालिकालाई सरकारी स्वास्थ्य प्रणालीभित्रै एकीकृत तथा गुणस्तरीय उपचार सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिएको छ ।

बाल क्यान्सर उपचारका लागि आवश्यक पर्ने चिकित्सकीय सेवा, उपकरण, प्रविधि तथा विशेषज्ञताको आदानप्रदान दुबै अस्पताल बिच  सहकार्य गरिने सम्झौतामा उल्लेख छ।

बालबालिकामा देखिने क्यान्सर रोगको पहिचान र उपचार लाई ब्यबस्थित गर्न कान्ति बाल अस्पताल र भक्तपुर क्यान्सर अस्पताल बिच सुस्म ढङले हेरेर अगाडि बढ्ने प्रतिबद्धता समेत सम्झौता भएको पनि कार्यकारी निर्देशक डा चालिसेले स्पस्ट पारे ।

यो कार्यले  विशेषगरी जटिल क्यान्सर रोगबाट पीडित बालबालिकाको उपचारमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको कान्ति बाल अस्पतालका प्रमुख डा. पकज रायले जानकारी दिए ।

यसका अतिरिक्त चिकित्सकहरूको सेवा आदानप्रदान, उपचारसम्बन्धी अनुभव साटासाट तथा स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धिका लागि विशेष तालिम सञ्चालन गर्ने विषय पनि सम्झौतामा राखिएको छ। 

१४ वर्षमुनिका क्यान्सर पीडित बालबालिकालाई निःशुल्क उपचार सेवा उपलब्ध गराइने साथै बिरामीहरूले स्वास्थ्य बिमा कार्यक्रममार्फत पनि आवश्यक उपचार सेवा लिन सक्ने व्यवस्था मिलाइने सम्झौता मा उल्लेख गरिएको छ।

सम्झौता पत्रमा  कान्ति बाल अस्पतालका निर्देशक डा. पंकज राय र भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. उज्वल चालिसेले हस्ताक्षर गरेका हुन् ।

प्रकाशित मिति: सोमबार, चैत २, २०८२  २०:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update