News 24 Television
रवि–वालेन्द्र सम्बन्धबारे अमेरिकी रिपोर्टः बीआरआई, एमसीसीदेखि तिब्बती शरणार्थीबारे खास चर्चा !

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा प्रधानमन्त्री वालेन्द्र शाह र सभापति रवि लामिछानेको सम्बन्धलाई म्यारिज अफ कन्भिनियन्स अर्थात् विचार नमिल्दा पनि रणनीतिक उद्देश्यले सँगै हुने संज्ञा दिदै बहुआयामिक संकट आउनसक्नेतर्फ जिकिर लिइएको छ । 

अमेरिकी संसद्को ‘कंग्रेसनल रिसर्च सर्भिस’ (सीआरएस)को प्रतिवेदनले सरकार निर्माण, वालेन्द्रको व्यक्तित्व निर्माण र चीनबाट हुने खतराका रुपमा विभिन्न ब्याख्या गरिएको छ । जुन कुराले नेपालको राजनीतिमा तरङ्ग पैदा गरिदिएको छ । 

अमेरिकी संसदका लागि मेरिकी संसद्को ‘कंग्रेसनल रिसर्च सर्भिस’ (सीआरएस)ले सार्वजनिक गरेको प्रतिवेदनले नेपालको शासन सत्ता, प्रधानमन्त्री वालेन्द्र शाहको उदय, राष्ट्रिय स्वतन्त्र पार्टीसंको एकीकरण, सरकार निर्माणपछि चीनसंग हुनसक्ने सम्बन्ध लगायतका विषयमा अनेक चर्चा गरिएको छ । 

गत मार्च ३१ मा सार्वजनिक भएको प्रतिवेदनमा पर्यवेक्षकको हवाला दिदै भारत र चीनबीच रहेको निम्न मध्यम आय भएको राष्ट्रको रुपमा नेपाललाई चित्रित गरिएको छ ।  भने चुनावी परिणाम, जेनजी आन्दोलन र त्यसपछिको राजनीतिक अवस्थाबारे विभिन्न विषय उल्लेख गरिएको छ। जसमा ठूला राजनीतिज्ञले निर्वाचनमा पराजय व्यहोरेकोदेखि चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसियटिभमा वालेन्द्र सरकारले के गर्ला भन्ने विषयमा समेत उल्लेख गरिएको छ । 

केपी ओलीले चौथो पटक प्रधानमन्त्रीको सपथ लिएपछि भएको जेनजी आन्दोलनपछि नै वालेन्द्रको उदय केन्द्रिय राजनीतिमा भएको दाबी गरिएको प्रतिवेदनले रवि–बालेनको एकीकरणलाई शंकाको दृष्टीमा पेश गरिएको छ। सामाजिक सञ्जालमा तत्कालीन केपी ओली सरकारले लगाएको प्रतिबन्धपछि चलेको जेनजी उमेर समूहका युवाको आन्दोलनमा दमन भएको प्रतिवेदनले भनेको छ भने नेपालको राजनीतिक अस्थिरता अभिजात वर्गहरुबीचको निरन्तर परिवर्तनशील गठबन्धनलाई नै कारक ठह¥याइएको छ । 

सन २०१५ देखि सन २०२५ सम्मका आठ क्याबिनेटमा तीन जना प्रधानमन्त्रीले गठबन्धन फेर्दै आलोपालो गरेको भनिएको छ। जसमा केपी ओली, शेरबहादुर देउवा र प्रचण्ड नै भएको कुरामा शंका रहेन् । उसोतः जेनजी आन्दोलनपछि नै वालेन्द्रलाई प्रधानमन्त्रीको रुपमा प्रस्ताव गरिएपनि अस्वीकार गरेको प्रतिवेदनमा उल्लेख छ ।

निर्वाचन परिणाम र वालेन्द्रबारे के भनियो ?

चुनावी अंकगणितको संख्या उल्लेख गर्दै रास्वपाले प्राप्त गरेको विजयलाई सन १९९९ पछिको पहिलो पटक कुनै एक दलले संसदीय बहुमत प्राप्त गरेको घटनाको रुपमा ब्याख्या गरिएको छ । 

चुनावी परिणामले परिवर्तनको स्पष्ट चाहना देखाएको र यसको वाहकको रुपमा वालेन्द्र नै देखिएको दाबी गरिएको प्रतिवेदनमा उनलाई सुधारकको रुपमा मतदाताले लिएको भनिएको छ। तर, काठमाडौं महानगरपालिकाको मेयरको रुपमा गरेको कामलाई भने विश्लेषकहरुले मिश्रित रुपमा लिएको दाबी गरिएको छ । भने वालेन्द्रले सामाजिक सञ्जाल फेसबुकबाट नै मुख्य सन्देश दिने र परम्परागत सञ्चार माध्यमलाई नछान्ने गरेको समेत भनिएको छ। रास्वपामा रवि र वालेन्द्र शाहबीच तनावको स्थिति सिर्जना हुने कुरा विश्लेषण भइरहेको समेत प्रतिवेदनमा उल्लेख छ । तर, सरकारले १०० बाँचा ल्याएको कुरालाई पनि यसैसंग जोड्दै पर्सियन राष्ट्रहरुमा भइरहेको युद्ध र यसबाट पर्ने प्रभावबाट सरकार कसरी हघि बढ्छ भन्ने कुरा पनि हेर्नुपर्नेमा जोड दिइको  छ ।

परराष्ट्र नीति र एमसीसी

वालेन्द्र शाह नेतृत्वको सरकारले परराष्ट्र नीतिलाई विकास कुटनीतिसंग जोड्ने प्रयास गर्नेदेखि केहिले पर्ख र हेरको अवस्थामा रहेको भनेको विषयलाई प्रतिवेदनमा उल्लेख गरिएको छ भने चिनियाँ परियोजना बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई)देखि एमसीसी परियोजनाबारे समेत बोलिएको छ । 

एमसीसी परियोजना ट्रम्प प्रशासनले रोकेपनि अमेरिकी विदेश सचिव मार्को रुबियोले यसलाई निरन्तरता दिन अनुमति दिएको उल्लेख गरिएको छ । अमेरिकी नीति नै नेपालमा रहेका तिब्बतिलाई सहयोग गर्नुरहेको भन्दै एमसीसी वा यस्ता अन्य परियोजनाको निरन्तरतालाई पनि यसैमा जोड्न खोजिएको छ । यता, अमेरिकाले तिब्बती शरणार्थीका लागि वार्षिक छुट्याउने गरेको उल्लेख गर्दै आर्थिक वर्ष सन २०२६ का लागि १३ मिलियन अमेरिकी डलर विनियोजन गरिएको भनिएको छ । 

जुन बजेट नेपालमा रहेका तिब्बती शरणार्थीलाई सहयोग गर्नु पनि रहेको भनिएको छ। भने बीआरआई परियोजना सुस्त गतिमा रहेको र यसलाई वालेन्द्र सरकारले के गर्छ भन्ने खुल्न नसकेको भनिएको छ ।

उसोतः यस्तो प्रतिवेदन तयार पार्दा लिइएका स्रोत सामाग्रीहरु भने विभिन्न सञ्चार माध्यममा प्रकाशित भएका समाचार, आर्टिकल, अनुसन्धानात्मक विषयलाई आधार मानिएको छ । तर, वालेन्द्र र रास्वपा नेतृत्ववीचको सम्बन्धलाई कतिपयले म्यारिज अफ कन्भिनिन्स भनिएको विषयलाई कसरी हेर्ने भन्ने बहस भने शुरु भएको छ । यद्यपी यसको अर्थ निश्चित उद्देश्य प्राप्तिका निम्ति गरिने सहकार्यलाई नै हो । जुन कुरामा कुनै उद्देश्य पुरा भएपछि सम्झौता तोडिन सक्छ वा लामो समयसम्मका निम्ति सहकार्य हुनपनि सक्छ भन्ने हो ।

प्रकाशित मिति: बुधबार, वैशाख २, २०८३  ०९:००
प्रतिक्रिया दिनुहोस्
Weather Update