- कृष्ण कन्दङ्वा लिम्बू
काठमाडौं । राजनीतिमा अविच्छिन्न सफल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा संसद र सडकमा निरन्तर संघर्ष गरिरहेको छ ।
स्थापनाको केवल एकवर्ष पूरा गरेको रास्वपा केन्द्रीय राजनीतिमै छाइसकेको छ ।
रास्वपालाई अझ सशक्त बनाउने दौडमा रहेका सभापति रवि सांगठन विस्तारमासमेत लागि बेजोडताकासाथ लागि परिरहेको देखिन्छन् ।
उनले केही महिनाअघि महोत्तरीमा बसेको केन्द्रीय केन्द्रीय कमिटी बैठकमार्फत पदाधिकारी संख्यासमेत बढाए । पहिलो खेपमै उपप्रधान तथा गृहमन्त्रीसमेत बनेका रविले छोटो समयमै सत्ता छोड्नु पर्यो । तर प्रतिनिधिसभामा रास्वपाको २१ सांसदसहित दरिलो उपस्थिती छ ।
पूराना दलहरु विकासभन्दा स्वार्थप्रेरित बन्दै मुलुक बर्बादीतर्फ धकेल्न लालाहित हुँदा रवि आँफै राजनीतिमा िहोमिएको बताउँदै आएका छन् ।
भ्रष्ट्राचार, कुशासन र अनियमितताविरुद्ध सुन्य सहनशीलताको नीति बोकेर उनी मुलुक बनाउने महाअभियानमा लागेको दावी गर्छन् ।
खुला राजनीतिक मैदानमा उत्रिएका रवि अहिले संसद र सडक दुवै तहबाट सरकारलाई दबाव दिइरहेका छन् ।
रास्वपाले केही हप्ताअघि मात्रै निर्माण भइरहेका ठूला भौतिक पूर्वाधार आयोजनाहरुको स्थलगत अवलोकन गर्यो । लामो समयदेखि निर्माणधिन रहेपनि समयमै सम्पन्न नहुने आयोजनाहरुमा पदयात्रा गरेका रविले विभिन्न तरिकाबाट समयमै सम्पन्न गर्न दवाव दिँदै आएका छन् ।
रास्वपाले संसद र सडकबाटै देश र जनताको पक्षमा काम गर्न सरकारमाथि चर्को खबरदारी गर्दै आफ्नो प्रभाव देखाइरहेको छ ।
जसले सरकारलाई समेत सकारात्मक कार्यका लागि निर्देशित गरिरहेको भन्न सकिन्छ ।
गत आइतबार बसेको संसद बैठकमा रास्वपाले उठाएका प्रश्न र सरकारको सवाल जवाफले समेत यसलाई प्रमाणित गर्छ ।
पहिलो निर्वाचनमै अपेक्षाभन्दा बढी सफलता प्राप्त गरेको रास्वपा र रविको चाहना आगामी निर्वाचनमार्फत पूराना नेता र दलबाट सत्ताको चावी थुत्नु हो । सोही चहना अनुसार रास्वपाले देशभर अभियान चलाइरहेका छन् ।
मिसन ८४ को नारासमेत लिएको रास्वपाले विदेश तथा प्रवासमासमेत संगठन विस्तार अभियानलाई तीव्रता लिइरहेको छ ।
यही अभियानलाई सार्थक बनाउन सभापति रविले केही हप्ताअघि मलेशिया, कतार तथा बेलायतको समेत भ्रमण गरे ।
पहिलो निर्वाचनमै रास्वपालाई चौँथो दल बनाउन सफल रविले २ निर्वाचन पनि सामना गरिसके ।
जसमा उनलाई जनताले झनझ भारी मतसहित विजयी गराएका छन् । जनताहरु पुराना दल र नेताहरुप्रति वितृष्णित बन्दै नयाँ दलहरुप्रति क्रेज बढाइरेका छन् ।
मुलुकको स्थिति जर्जर बनेको अवस्थामा नागरिकहरुको यो निर्णय बाध्यात्मक बनेको छ । यही अवस्थाकोबीच उदाएको रास्वपाले यसलाई उपयोगसमेत गर्ने मौका पाएको छ ।
पुराना दल र नेताहरुमाथिको आक्रोश जनताहरुले रास्वपालाई मत दिएर पोखिरहेका छन् । त्यसैको प्रतिफस्वरुप अहिले रवि र रास्वपालाई प्राप्त मत हुन् । मिसन ८४ को नाराले सरकारको नेतृत्व ताकेका रवि र रास्वपा अहिले स्थानीय स्तरमै हावी बन्न थालिसकेको छन् ।
बुधबार सम्पन्न रुपन्देहीको सैनामैना खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्ष पदमा भएको निर्वाचन परिणामले पनि यसलाई थप पुष्टि गरेको छ । सो संस्थाको अध्यक्षका लागि भएको निर्वाचनमा सत्ता गठबन्धन र नेकपा एमालेलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार एकबहादुर क्षेत्री भारीले विजयी भए ।
उनको विपक्षमा हालको केन्द्रीय सत्ता गठबन्धन र नेकपा एमालेले फरक–फरक उम्मेदवार उठाएको थियो । तर गठबन्धन र एमाले दुवैका उम्मेदवारलाई पराजित गर्दै रास्वपा उम्मेदवार क्षेत्री विजयी भए ।
अन्य प्राय सबै पदहरुमा एमालेले विजयी हासिल गर्दा यो निर्वाचनमा गठबन्धन भने सुन्य भएको छ ।
त्यसअघि रुपन्देहीकै तिलोत्तमाको खानेपानी संस्थामा एमाले, कांग्रेस र माओवादीसहितको गठबन्धन हुँदा समेत रास्वपाका तीनजना उम्मेदवार कार्यसमिति सदस्यमा विजयी भएका थिए ।
यसअघि रुपन्देहीकै तिलोत्तमाको खानेपानी संस्थामा एमाले, कांग्रेस र माओवादीसहितको गठबन्धन हुँदा पनि रास्वपाका तीनजना उम्मेदवार कार्यसमिति सदस्यमा निर्वाचित भए । यी आधारहरुले पनि रास्वपाको आगामी अभियान ‘मिसन ८४’ सफल हुने छाँटकाट देखिन्छ ।
गतवर्ष सम्पन्न आम निर्वाचनमा अत्याधिक मत पाउन सफल रविले पछि उपनिर्वाचन हुँदासमेत चितवनबाट जित निकाले ।
साथै उपनिर्वाचनमा रास्वपाबाटै तनहुँबाट स्वणिम वाग्ले पनि निर्वाचित भए । यसरी रास्वपाको दवाव केन्द्रदेखि स्थानीय स्तरसम्म आइपुगेको छ ।
यसको मुख्य कारण पुराना दल र नेताहरुकै अकर्मण्यता र लाचारपना हो । यदी उनीहरुले देश तथा जनताको हितमा काम गर्दै सुशासन र समृद्धिलाई मुख्य केन्द्र बनाएको भए अन्य विकल्प खोज्नै पर्ने थिएन । तसर्थ अब पूराना दल र नेताहरुमाथि खरातको घण्टीहरु बज्न थालिसकेको देखिन्छ ।
पुराना दल तथा नेताहरु अझै सचेत नभए आउँदो निर्वाचनमा उनीहरु किनारा लाग्नुनपर्ला भन्न सकिने अवस्था छैन।
(भिडियो)
