News 24 Television
चाइनिज मेडिसिन चिकित्सक समाजको अध्यक्षमा डा. सुरज कर्माचार्य निर्वाचित

काठमाडौँ । अकुपञ्चरमा स्नातक वा स्नातकोत्तर गरेका अकुपञ्चर चिकित्सकहरूको साझा मञ्च नेपाल चाइनिज मेडिसिन चिकित्सक समाजको अध्यक्ष पदमा डा. सुरज कर्माचार्य निर्वाचित भएका छन्। उपाध्यक्षमा डा. जया सत्याल, सचिवमा डा. नरेन्द्र लामिछाने र कोषाध्यक्षमा डा. प्रसिद्ध खड्गी निर्वाचित भएका छन्। त्यसैगरी सदस्यहरूमा डा. कमल शर्मा, डा. शरद पन्थी, डा. मञ्जु ज्ञवाली, डा. आनन्द केसी र डा. राधेश्याम शिल्पकार निर्वाचित भएका छन्। 

समाजका निवर्तमान अध्यक्ष डा. झुलाराम अधिकारीका अनुसार  शनिबार सम्पन्न वार्षिक साधारण सभाले उक्त कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो। अध्यक्षमा चयन भएपछि अध्यक्ष  डा. . सुरज कर्माचार्यले हालसम्म निजी रूपमा अकुपञ्चर सेवा विस्तारमा योगदान दिएको उल्लेख गर्दै अब समाजमार्फत अकुपञ्चर तथा चिनियाँ चिकित्साको समग्र विकासमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे। नेपालको पहिलो अकुपञ्चर विशेषज्ञ डा. कर्माचार्य ब्लु लोटस अस्पताल र ब्लु लोटस हेल्थ होमका अध्यक्ष समेत हुन्।

e9293328-4812-4f5e-9620-701a3e1816d0-1777805821.jpg
वि.सं. २०७३ सालमा स्थापना भएको उक्त संस्था मुनाफारहित रूपमा जनहितमा कार्य गर्दै चिनियाँ चिकित्सा तथा अन्य परम्परागत उपचार पद्धतिहरूको विकास र प्रवर्द्धनमा क्रियाशील छ। संस्थाले अकुपञ्चर चिकित्सकहरूको सीप अभिवृद्धि, अनुसन्धान, तालिम तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय सहकार्यमार्फत अकुपञ्चर सेवा गुणस्तर सुधार गर्न योगदान पुर्‍याउँदै आएको छ। साथै, जनचेतना अभिवृद्धि गर्दै अकुपञ्चर तथा चाइनिज मेडिसिनलाई व्यवस्थित, गुणस्तरीय र वैज्ञानिक रूपमा अगाडि बढाउने लक्ष्य राखेको छ।

35ee3d54-faf2-4bc9-977a-3b46ad0416a9-1777805832.jpg
 

प्रकाशित मिति: आइतबार, वैशाख २०, २०८३  १६:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update