
काठमाडौँ । पछिल्ला वर्षहरुमा आत्महत्याको दर विश्वभर नै तीव्र गतिमा बढिरहेको छ । आत्महत्याले डर लाग्दो रुप लिइरहेका समय यसको नियन्त्रणका लागि विश्वस्तरमै प्रयास भइरहेपनि सफलता पाइएको छैन । विश्वभर कस्तो छ आत्महत्या अवस्था ? अनि आत्महत्या बढ्नुका खास कारण के देखिइरहेका छन् ?
आत्महत्या विश्वव्यापीरुपमा नियन्त्रणबाहिर रहेको मानव जीवन संकटका रुपमा खडा भएको छ । चिन्ताजनक अवस्था सृजना गरेको आत्महत्याको विश्व अवस्था कस्तो छ त ?
आत्महत्याको विश्व अवस्था
– विश्व स्वास्थ्य संगठन (एब्लूएचओ) का अनुसार विश्वमा एक वर्षमा आत्महत्या गर्ने मानिसको संख्या ७ लाख
– प्रत्येक ४० सेकेन्डमा एक जनाले गर्छ आत्महत्या
– विश्वमा कुल मृत्युको १५औँ प्रमुख कारण आत्महत्या
– १५–१९ वर्ष उमेर समूहमा मृत्युको चौथो प्रमुख कारण आत्महत्या
– महिलाहरूमा मृत्युको तेस्रो प्रमुख कारण आत्महत्या
– आत्महत्याको जोखिम बढी भएका विश्वका मुलुकहरुमध्ये नेपाल ७ औं स्थानमा
नेपाल लगायत विकासोन्मुख देशको अवस्था
– आत्महत्या विश्वव्यापी समाजिक समस्या भएता पनि ७८ प्रतिशत आत्महत्याका घटनाहरु विकासोन्मुख देशहरुमा हुने गरेका तथ्याङ्क छ ।
– आत्महत्याबाट जति मानिसको मृत्यु भइरहेको हुन्छ । त्यसको तुलनामा आत्महत्याका प्रयास गर्नेहरुको संख्या २० देखी २५ गुणाले बढी
– आत्महत्याको प्रयास गर्नेमा पुरुषको तुलनामा महिला बढी
– तर, तथ्याङ्क अनुसार पुरुषहरुले आत्महत्याको खतरनाक तरिका अपनाउने हुनाले पुरुषहरुले महिलाहरुको अनुपातमा बढी आत्महत्या गरेको पाइन्छ ।
– डब्ल्युएचओको तथ्यांक अनुसार विश्वमा आत्महत्याका माध्यमहरुमध्ये विष सेवन, झुण्डिएर तथा शरीरमा आगो लगाएर गर्ने आत्महत्या प्रमुख
– नेपाल प्रहरीको तथ्याङ्क अनुसार नेपालमा कुल आत्महत्यामध्ये ८३ प्रतिशतले झुन्डिएर
– १५ प्रतिशतले विष सेबन गरेर र २ प्रतिशतले हाम फालेर, पानीमा डुबेर, औजार तथा हातहतियार प्रयोग गरेर, आगो लगाएर, करेन्ट लगाएर वा अन्य तरिकाबाट आत्महत्या गरेका छन् ।
– नेपालमा औषतमा वर्षेनि ६ हजार भन्दा बढीले गर्छन् आत्महत्या
– एक दिनमा औषत १८ जनाले आत्महत्या गर्छन् ।
– नेपालमा विगत तीन वर्षमा मात्रै २० हजार २२३ जनाले आत्महत्याबाट ज्यान गुमाएका छन् ।
वार्षिक रुपमा केही तथ्यांकीय उतारचढाव आएता पनि समग्रमा नेपालमा आत्महत्या दर उच्च नै रहेको छ । हुनत नेपालले दिगो विकास लक्ष्यमा सन् २०३० सम्म आत्महत्याको दरलाई ४.७ प्रति लाखमा झार्ने प्रतिबद्धता जनाएको छ । तर, हालको अवस्था हेर्दा मुस्किल छ यो लक्ष्य प्राप्त गर्न ।
कसरी रोकथाम गर्न सकिन्छ आत्महत्या ?
– मानसिक तथा मनोसामाजिक समस्या नै आत्महत्याको मूल कारण भएकोले समयमै पहिचान गरी मानसिक चिकित्सक वा मनोपरामर्शकर्तासँग परामर्श लिने
– आत्महत्याका जोखिम बढी भएका व्यक्तिसँग मायालु व्यवहार गर्ने
– उनीहरुको मनको कुरा सक्रियतापूर्वक सुन्ने र सहानुभूति प्रकट मात्र गरेमा आधि भन्दा बढि समस्या कम हुनेगर्छ
– सामाजिक कृयाकलापमा सहभागी हुन प्रेरित गर्ने
– आफुले केही सहयोग गर्नसक्ने बारे नाम्रतासाथ सोध्ने
– एक सामान्य व्यक्तिले भन्दा एकचोटि आत्महत्याको प्रयास गरेका व्यक्तिमा भविष्यमा आत्महत्या गर्ने सम्भावना ३० देखि ४० गुणा बढि हुने भएकाले त्यस्ता व्यक्तिलाई विशेष ध्यान दिने
– आफुलाई कमजोर छु भन्ने कहिल्यै पनि नसोच्ने