
- त्रिगुणा भट्टराई बस्नेत
काठमाडौं । नेपालबाट परीक्षा दिएर पास भएर गएका चिकित्सकको नतिजाले परीक्षाको बैधतामाथि नै प्रश्न खडा गरिरहेको भन्दै युनाइटेड स्टेट्स मेडिकल लाइसेन्सिङ एक्जामिनेसन यु.एस.एम.एल.इले केहि नेपाली चिकित्सकको परिक्षा रद्द गरेको थियो । परिक्षा रद्द गरिए पछि प्रभावित बनेका केहि नेपाली चिकित्सकहरुले गत माघ २९ गते वासिङ्टन डिसीस्थित संघीय अदालतमा मुद्धासमेत दायरा गराएका थिए । यु.एस.एम.एल.ई. विरुद्ध नेपाली चिकित्सकले दायरा गरेको मुद्दाको सुनुवाई केही समय पछि हुँदैछ । यो मुद्दा माथिको फैसला नेपाली चिकित्सकको पक्षमा आउने सम्भावना कति छ त ?
नेपालमा डाक्टर भइसकेपछि उच्च शिक्षाका लागि वा अमेरिकामा अभ्यासका लागि जान चाहनेहरुले युनाइटेड स्टेट मेडिकल लाइसेन्सिङ एग्जामिनेशन युएसएमएलाई पास गर्नुपर्ने नियम छ । तर अमेरिका गएका केहि नेपाली चिकित्सकहरुले मेडिकल शिक्षाका लागि पास गर्नुपर्ने युनाइटेड स्टेट मेडिकल लाइसेन्सिङ एग्जामिनेशनले लिएको परिक्षामा अनियमितता गरेको भन्दै परीक्षा नै रद्द गरेको थियो । युएसएमएलईले करिब ७ सय ७० भन्दा बढी परीक्षार्थीहरूले प्राप्त गरेको अंक एकै प्रकारको देखिएको भन्दै परिक्षा नै रद्द गरेपछि अमेरिका गएका चिकित्सकको दक्षता माथि प्रश्न चिन्ह समेत उब्जाएको छ । नेपाली विद्यार्थीले अस्वभाविक रुपमा उच्च स्कोर ल्याएको एवं नेपाली डाक्टरहरुले दिएको गलत जवाफ समेत एकअर्कासँग उल्लेख्य रुपमा मिलेको युएसएमएलईको ठहर छ । तर युएसएमएलईले परीक्षार्थीको गल्ती छ भने परिक्षार्थीको नाम तोक्नुपर्नेमा नेपालको नाम तोक्नु न्यायोचित नभएको नेपाल चिकिसक संघको बुझाई छ ।
युएसएमएलईका अनुसार स्टेप १ मा ९५ प्रतिशत, स्टेप २ मा ९१ प्रतिशत, स्टेप ३ मा ९१ प्रतिशत जवाफ सही दिइएको छ । साथै उतm जवाफ दिने समय २० सेकेण्डभन्दा कम भएका जनाएको छ । उसका अनुसार नेपाली विद्यार्थीले अस्वभाविक रुपमा उच्च स्कोर ल्याएको एवं नेपाली डाक्टरहरुले दिएको गलत जवाफ समेत एकअर्कासँग उल्लेख्य रुपमा मिलेको समेत जनाएको छ ।
अमेरिकामा ‘रेजिडेन्सी डाक्टर’ बनेर काम गर्दै पढ्न आएका नेपाली डाक्टरहरुको नेपालको परीक्षा र नतिजाका बारेमा सो संस्थाले प्रश्न उठाउँंदै उनीहरुलाई अयोग्य भएको निर्णय समेत गरेको थियो । सो निर्णयबाट अमेरिकामा सन् २०२२ यता काम गर्दै र पढ्दै गरेका चिकित्सकहरु समेत प्रभावित बनेका छन् । जसको निर्णय विरुद्ध उनीहरुले वासिङ्टन डिसीस्थित संघिय अदालतमा मुद्दा समेत दायर गरेका छन् । सोही मुद्दाबारे युएसएमएलईले ५७ पानाको आफ्ना तर्क पेश गरेको छ ।
युएसएमएलई परीक्षाका सन्दर्भमा परीक्षाका प्रश्नपत्रबारे सम्झेर एकअर्कासँग छलफल गर्न वा बताउन पनि निषेध, विगतका प्रश्नहरुबारे छलफल, परीक्षा सामाग्रीहरूमा अनाधिकृत पहुँच प्राप्त गर्ने, प्राप्त गर्न खोज्ने वा प्रदान गर्ने जस्ता गतिविधिहरु युएसएमएलईले अनियमित गतिविधि बताएको छ । तर परिक्र्षीले आफ्नो विषयमा छपलफल गरेर पढ्न नपाउने निमय नै व्यवहारिक नभएको नेपाल चिकित्सकको तर्क छ ।
नेपाली चिकित्सकको परिक्षा रद्द गर्नुले आफ्नो दक्षता माथि अन्याय गरेको भन्दै अमेरिकामा रहेका केहि चिकित्सकले युएसएमएलई माथि मुद्दा दायरा गरेका छन् । तर नेपालबाट पास भएर अमेरिका गएका नेपाली डाक्टरको युनाइटेड स्टेट मेडिकल लाइसेन्सिङ एग्जामिनेशन युएसएमएलई रद्द हुदाँ तथा नेपाली चिकित्सकले दायर गरेको मुद्दाको फैसला नेपाली चिकित्सकको तर्फ नआएको अवस्थामा यसले समग्र चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा कस्तो असर पर्ला भन्ने विषय थप गहन बनेको छ ।