पाकिस्तानी दूतावासको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर संचालन
काठमाडौं । पाकिस्तानी दूतावासले पाकिस्तान नेपाल पूर्व छात्र सञ्जाल (पीएनएएन) सँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । दूतावासले १३ जुन २०२६ मा काठमाडौंको नागार्जुन नगरपालिकाको वार्ड – ४ मा शिविर संचालन गरेको हो ।
-1781677825.jpg)
शिविरमा उच्च रक्तचाप र मधुमेहको परीक्षण गरिएको थियो । पाकिस्तानी दूतावासका कर्मचारीहरुको उपस्थितिमा सम्पन्न सो शिविरबाट नागार्जुन नगरपालिका वार्ड – ४ बासीलगायतले स्वास्थ्य सेवा लिएका छन् ।





प्रकाशित मिति: बुधबार, असार ३, २०८३ १२:१७
प्रतिक्रिया दिनुहोस्
