News 24 Television
भक्तपुर क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा पुनः सुरु

भक्तपुर । भक्तपुर क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा पुनः सुरु भएको छ। प्राविधिक समस्याका कारण रोकिएको रेडियोथेरापी सेवा पुनःसुरु भएको भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. उज्वल चालिसेले बताएका छन।

अस्पतालले एक सूचना जारी गर्दै लिनियर एक्सेलेरेटर मेसिन सञ्चालनमा आएपछि रेडियोथेरापी सेवा नियमित भएको जनाएको हो। भक्तपुर अस्पतालमा विभिन्न माध्यम बाट दैनिक करिब १ सय ५० जना क्यान्सर बिरामिको रेडियसन माध्यम बाट उपचार हुने अस्पतालका कार्यकारी निर्देशक डा. चालिसे ले बताए । अस्पतालमा रहेका दुई रेडियोथेरापी मेसिनमध्ये हाई भोल्टेजका कारण LINAC मेसिनमा क्षति पुगेपछि सेवा प्रभावित भएको थियो।

प्रकाशित मिति: आइतबार, साउन ३१, २०८३  १४:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update