News 24 Television
भक्तपुर क्यान्सर अस्पतालद्वारा अस्पतालको समग्र बिकासका लागि व्यापक छलफल तथा अन्तरक्रिया

भक्तपुर । भक्तपुर क्यान्सर अस्पतालले अस्पतालको समग्र बिकासका लागि व्यापक छलफल र अन्तरक्रिया अघि बढाएको छ। अस्पतालले शुक्रबार आयोजना गरेको छलफल तथा अन्तरक्रिया कार्यक्रममा भक्तपुर जिल्लास्थित विभिन्न क्षेत्रका संघीय तथा प्रदेश सासद, नगरपालिकाका नगर प्रमुखहरुले अस्पतालको बिकासका लागि पहिला जग्गाको व्यवस्थापनमा लाग्नु पर्ने कुरामा जोड दिएका थिए। 

chalise-2-1787384779.jpg
कार्यक्रममा बोल्ने वक्ताहरुले अस्पताल व्यवस्थित बनाउन जस्तो परिस्थितिमा पनि अगाडि बढेर सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए। छलफल कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी, जनस्वास्थ्य कार्यलयका प्रमुख, विभिन्न कार्यलयका प्रतिनिधी, अस्पतालका डक्टर , सन्चारकर्मी लगायतका सहभागी भएका थिए।

स्पतालका कार्यकारी निर्देशक डा. उज्वल चालिसेले भक्तपुर क्यान्सर अस्पतालको सुरुवातको ईतिहास वर्तमान र भविष्यबारे योजना साथै हाल अस्पतालले दिइ रहेको सेवा बारे एक कार्यपत्र प्रस्तुत गरेका थिए । 

प्रकाशित मिति: शनिबार, भदौ ६, २०८३  १३:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update