News 24 Television
औषधिको नाममा भारतबाट सौन्दर्य प्रसाधन सामग्री आयत, नेपालमा निर्बाध व्यापार

चितवन । कानूनत: औषधी उत्पादन गर्ने अनुमति लिएको कम्पनीले सौन्दर्य प्रसाधन सामग्री बनाउन मिल्दैन । तर एक भारतीय फर्मास्युटिकल कम्पनीले सौन्दर्य प्रसाधन सामग्री बनाउँदै नेपाल निर्यात गर्ने गरेको आरोप लागेको छ । अझ नेपाली व्यवसायीहरुले त उक्त उत्पादन सौन्दर्यको नाममा औषधीजन्य सामग्री रहेको दाबी समेत गरेका छन् ।

भरतपुरमा भण्डारण गरी देशभर बिक्री–वितरण हुँदै आएका डर्मासोल ब्रान्डका विभिन्न उत्पादनको प्रकृति र आयात प्रक्रियालाई लिएर प्रश्न उठाईएको हो ।भारतबाट सौन्दर्य प्रसाधनका रूपमा नेपाल भित्र्याइएका भनिएका उत्पादन औषधिजन्या सामाग्री रहेको भन्दै  व्यवसायीहरूल सरकारी निकायसँग निष्पक्ष छानबिन र आवश्यक कारबाहीको माग गरेका छन्।

भारतमा औषधि उत्पादनको अनुमति प्राप्त गरेको कम्पनीबाट नेपालमा कस्मेटिक्सका रूपमा बिक्री–वितरण गरिएको पाइएको छ ।डर्मासोलका उत्पादनको प्रकृति र आयातबारे जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको नेतृत्वमा भरतपुरस्थित गोदाममा छापा समेत मारियो । तर अपेक्षितरुपमा अनुसन्धान प्रक्रिया अघि नबढेको आरोप व्यवसायीहरूले लगाएका छन्।

6eb423a1-2ccd-4c51-8661-b2a6bcc7c199-1790585352.jpg
भारतमा सौन्दर्य प्रसाधन उत्पादनका लागि वर्ग ३ र औषधी उत्पादनका लागि वर्ग ५ अन्तर्गत अनुमति व्यवस्था रहेको छ। तर, औषधि उत्पादनको अनुमति लिएर तयार गरिएका उत्पादनलाई बाहिरी रूपमा कस्मेटिक्सजस्तै देखिने गरी डर्मासोल नाममा नेपाल भित्र्याइएको छ।उक्त औषधिजन्या डर्मासोल ब्रान्डको उत्पादन सौन्दर्य सामग्रीका रुपमा चतवनका रविन्द्र बिष्टले नेपाल भित्र्याई देशभर बिक्री वितरण गर्दै आएको पाईएको छ ।

यस्ता औषधीजन्य उत्पादनलाई कस्मेटिक्सका रूपमा प्रयोग गर्दा सरकारी राजस्व, नियामक व्यवस्था र सर्वसाधारणको स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने देखिन्छ । यता चितवनमा छानबिनको जिम्मेवारी पाएको निकायले आवश्यक परीक्षण र अनुसन्धान नगरेको व्यवसायीहरुले आरोप लगाइरहेका छन ।

खासमा यो औषधी उत्पादन गर्ने मात्रै अनुमति लिएको कम्पनीले सौन्दर्य प्रसाधनको सामग्री उत्पादन गर्न पाउँदैन । तर यो खोलमा सौन्दर्य प्रसाधन सामग्री भनिए पनि औषधीकै फर्मुलेसनमा छ । र औषधीको फर्मुलेसन भएको बस्तु आयात गर्दा औषधी व्यवस्था विभागको अनुमति लिनु पनि पर्छ । तर औषधी व्यवस्था विभागको अनुमति समेत लिएको पाइँदैन ।

2f120eef-b463-442a-b2aa-98c2996eceb1-1790585352.jpg
 

प्रकाशित मिति: सोमबार, असोज १२, २०८३  १४:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update