काठमाडौँ । आइसिएफसिी फाइनान्स लिमिटेडले आफ्नो तेइसौं वार्षिक साधारण सभा मिति २०८३/०६/१३ गते मंगलबार, तद्नुसार सेप्टेम्बर २९, २०२६ का दिन, बौद्ध हेरिटेज, बौद्ध पिपलबोट, काठमाण्डौमा सम्पन्न गरेको छ ।
उक्त साधारण सभाबाट आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट चुक्ता पुँजीको १०.५२६३५ नगद लाभांश (नगद लाभांशको कर प्रयोजनको लागि समेत) दिने प्रस्ताव सर्वसम्मतबाट पारित गरेको छ । वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८३/८४ को लागि बाहय लेखापरीक्षकमा श्री “एस.ए.आर.एसोसिएट्स” चार्टर्ड एकाउन्टेन्टस् लाई नियुक्त गरेको छ । उक्त वार्षिक साधारण सभा अपराह्न १२ः३० बजे सम्पन्न भएको र साधारण सभाबाट पारित नगद लाभांश आजै शेयरधनी महानुभावहरूको सम्बन्धित खातामा जम्मा गरिने बहोरा फाइनान्सले जानकारी गराएको छ ।
चुक्ता पुँजी रु.एक अर्ब अठार करोड चौतीस लाख रहेको यस फाइनान्सले हालसम्म आफ्नो २१ वटा शाखा कार्यालय मार्फत १ लाख भन्दा बढी ग्राहकलाई अत्याधुनिक प्रविधि मार्फत बैकिङ्ग सेवा दिदैं आएको छ । साथै, संस्थाले चालु आ.व.को भदौं मसान्त सम्म रु. २२ अर्ब ६७ करोड निक्षेप संकलन र रु. १९ अर्ब ६१ करोड कर्जा प्रवाह गरिसकेको छ ।


