काठमाडौँ । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभ (inDrive) ले नेपालमा आफ्ना यात्रीहरूलाई लक्षित गर्दै नयाँ क्याम्पियन 'भाडामा कुरा मिल्छ, दुवैको मन बुझ्छ' सार्वजनिक गरेको छ। 'भाडामा कुरा मिल्छ, दुवैको मन बुझ्छ' भन्ने मुख्य सन्देशसहित सुरु गरिएको यस अभियानले यात्रीहरूलाई भाडा निर्धारणमा स्वायत्तता प्रदान गर्नुका साथै छिटो, सहज र भरपर्दो सवारी सेवा उपलब्ध गराउने प्रतिबद्धतालाई जोड दिएको छ।
यस प्रणालीअनुसार यात्री र चालकबिचको आपसी सहमतिमा भाडा तय हुने गर्दछ। इनड्राइभमार्फत यात्रीहरूले सुझाएको भाडा हेरेर आफूसँगै रहेका चालकहरूले सो प्रस्ताव स्वीकार गर्न वा आफ्नातर्फबाट व्यावहारिक भाडा प्रस्ताव गर्न सक्छन्। त्यसपछि यात्रीले प्रस्तावित भाडा, चालक आइपुग्ने अनुमानित समय, चालकको रेटिङ र सवारीसाधनको आधारमा उपयुक्त चालक छनोट गर्न पाउँछन्। यात्रा सुरु हुनुअघि नै भाडा टुंगो लाग्ने हुँदा यात्रीहरूलाई तिर्नुपर्ने रकमसम्बन्धी पूर्वजानकारी प्राप्त हुन्छ।
कम्पनीले यस अभियानमार्फत मुख्यतया दैनिक आवतजावतका क्रममा भाडाको पूर्वनिश्चितता र सवारीको छिटो उपलब्धता गरी दुईवटा पक्षलाई विशेष प्राथमिकता दिएको छ। यसले चालकहरूलाई पनि सवारी अनुरोध र भाडासम्बन्धी निर्णयमा स्वतन्त्रता प्रदान गर्ने गरेको छ। काठमाडौँजस्तो व्यस्त सहरमा भाडाको चिन्ता नगरी निर्धक्क यात्रा गर्न पाउनु मुख्य विषय रहेको इनड्राइभका ब्राण्ड एम्बासडर तथा सेलिब्रिटी भर्शा श्रेष्ठले बताएकी छिन्।
यस अभियानसँगै इनड्राइभरले ब्राण्ड एम्बासडर भर्शा श्रेष्ठ अभिनित नयाँ भिडियो पनि सार्वजनिक गरेको छ। नेपाली जनजीवनको दैनिक जीवनशैली र संस्कृति झल्किने उक्त भिडियोले यात्री र चालकबिचको आपसी सहमति र विश्वासको सन्देशलाई थप प्रभावकारी रूपमा प्रस्तुत गर्ने कम्पनीको विश्वास छ।


