News 24 Television
हिन्दुत्वको मुद्दाले कांग्रेसमाथि उब्जियो शंका
BAITHAK SAMOANA__100%
  • सुजन चालिसे

काठमाडौँ । नेपाली कांग्रेसले महासमिति बैठकबाट सबै प्रतिवेदनलाई सर्वसम्मतिले पारित गरेको छ । पेश नहुँदै विवादमा फसेको प्रतिवेदन पारित गरेको कांग्रेसले महामन्त्री गगन थापाको सांगठनीक प्रतिवेदनले चर्चा नै पायो । गठबन्धन रणनीतिक विषय बन्नुपर्ने अधिकांशको माग रहँदारहँदै पनि यो प्रस्ताव कसरी पारित भयो त ? अर्कोतर्फ हिन्दुराष्ट्र पुनस्थापनाको विषयले पनि महासमिति बैठकको अन्तिम दिनमा प्रवेश पाएको छ ।

नेपाली कांग्रेसको महासमिति बैठक बिहीबार सम्पन्न भएको छ । बैठकबाट विभिन्न प्रस्तावहरू केन्द्रीय समिति बैठकले अन्तिम रुप दिनेगरी सर्वसम्मतिले पारित भएका छन् । चुनावअघि गठबन्धन गर्ने विषय पनि बैठकहलबाट अनुमोदन भएको छ । यसको मतलब अब कांग्रेसले चुनावअघि कुनैपनि दलसँग गठबन्धन नगर्ने विषयलाई नीतिमै उल्लेख गरेको छ ।

https://youtu.be/CVrlcvoPMAw

तर यो विषय कांग्रेस बैठकमा प्रवेश पाएसँगै चिसिएको सत्ता गठबन्धनको स्थिति के होला भन्ने विषय पनि चासोमा छ । यद्यपी, बैठकमा सभापति शेरबहादुर देउवा पक्षका कतिपय महासमिति सदस्यले गठबन्धन रणनीति विषय भएको तर्क गरेका थिए । तर गगनको प्रस्तावमा निर्णायार्थ पेश गर्दा कसैले विरोध गरेका थिएनन् ।

चर्चामा देखिएजस्तो कांग्रेस महासमिति बैठकले खुला छलफल भने गर्न सकेन् । महासमिति सदस्यहरु नीति मन्थनमा उल्लेख्य बहस छलफल र आफ्ना कुरा राख्न नपाएको भन्दै रोष प्रकट गरिरहेका छन । यसले पनि कांग्रेसले पारित गरेको प्रतिवेदनमाथि शंका गर्ने ठाउँ भने प्रशस्त दिएको छ ।

महासमिति बैठक चुनावी गठबन्धनमा रुमल्लिएको बेला कांग्रेसमा ठूलो सख्यामा हिन्दु राष्ट्रको पक्षमा जनमत सिर्जना गर्ने काम समेत भएको छ । संविधानले धर्मनिरपेक्ष राष्ट्र भनेपनिसभापति शेरबहादुर देउवा निकट नेताहरुले नै हिन्दु राज्य स्थापनामा जोड दिएको बेला अब कांग्रेसले के गर्ला ? आशंका छ । हिन्दु राष्ट्रको विषय छलफलको विषय नबनेपनि अन्तिममा पुरक प्रस्तावको रुपमा कांग्रेसले दर्ता गरेको यो प्रतिवेदनले अब कांग्रेसभित्रको आन्तरिक राजनीति समेत कसरी अघि बढ्छ भन्ने कौतुहलता बढेको छ । महासमिति बैठकको निर्णयलाई आगामी केन्द्रीय समिति बैठकले अन्तिम रुप दिने भनिएको छ । के यो विषय केन्द्रीय समितिबाट संशोधन त हुँदैन भन्ने प्रश्न भने कायमै छ

प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०  ०९:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update