काठमाडौं । अमेरिकामा मध्यावधि निर्वाचन भइरहेको छ। राष्ट्रपति चयन भएको आधा समयमा हुने मध्यावधि निर्वाचनले सत्तारुढ दल र विपक्षी दलको लोकप्रियता जाँच्ने गर्दछ भने महत्वपूर्ण रुपमा राष्ट्रपतिको शक्तिलाई कसरी हेर्ने भन्ने बाटो समेत देखाउने गर्दछ ।
अमेरिकामा मध्यावधि निर्वाचन चलिरहेको छ। यो निर्वाचन भनेको राष्ट्रपतिको चारवर्षे कार्यकालको बीचमा हुने निर्वाचन हो । यो निर्वाचनले राष्ट्रपति र उनको पार्टीप्रतिको जनसमर्थन कति छ भन्ने सन्देश समेत दिने गर्दछ ।
यसकारण पनि यो निर्वाचन राष्ट्रपतिले आधा कार्यकाल गरेको कामको समीक्षा र जनताको जवाफको रुपमा समेत लिने गरिन्छ । जसअनुसार मध्यावधि निर्वाचनमा हुने मतदान यस्तो हुन्छ ।
प्रतिनिधिसभा ४३५ सिट मा मतदान
सिनेटका १ सय सिटमध्ये एकतिहाई सिट ३५ सिटमा निर्वाचन हुँदैछ। सिनेटरहरुको कार्यकाल ६ वर्षको हुने गर्दछ । नेपालको राष्ट्रियसभाको जस्तो कार्यकाल सकिने र निर्वाचन हुने समय चलिरहने गर्दछ ।
विभिन्न राज्यको गभर्नर पदको निर्चाचनमध्ये ३६ गभर्नर पदको निर्वाचनका लागि मतदान चलिरहेको छ ।
ट्रम्पको परीक्षा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको परीक्षा समेत हो। उनले शासन गरिरहेको बेला अमेरिकी जनताहरु कति खुशी छन भनेर जाँच्ने अवसर समेत भएकाले मध्यावधी निर्वाचनको नतिजाले धेरै प्रभाव पार्ने गर्दछ। ट्रम्पको रिपब्लिकन र डेमोक्र्याट पार्टीबीच तीब्र प्रतिष्पर्धा चलिरहेको बेला यो चुनावलाई अत्यन्तै महत्वका साथ हेरिएको छ ।
रिपब्लिकनले बहुमतको रक्षा गर्छ वा डेमोक्र्याटले आफ्नो प्रभुत्व फर्काउछ भन्ने होडकाबीच हुने चुनावले राष्ट्रपतिका रुपमा ट्रम्पलाई काम गर्ने दिशानिर्देश समेत मिल्नेछ । यसरि हेर्दा विश्वभरबाट ट्रम्पको रिपब्लिकनले प्रतिनिधिसभा र सिनेटमा बहुमतको रक्षा गर्न सक्छ वा सक्दैन भन्ने कुरालाई चासोका साथ हेरेका छन् ।
ट्रम्पको नीतिमा जनताको मत
ट्रम्प प्रशासनले लिएको नीतिलाई अमेरिकी जनताले स्वीकार गरेमा उनले बहुमत प्राप्त गर्न सक्नेछन तर, उनले बहुमत प्राप्त गर्न नसकेमा अहिले चालिएका कदमहरुमाथिको पुनर्विचार गर्नुपर्ने बाध्यता समेत सिर्जना हुनेछ ।
आप्रवासनदेखि विभिन्न देशमा चलिरहेका युद्ध हुन वा ट्यारिफ वार नै किन नहुन यस्ता नीतिको परीक्षाको समय आएको छ । जुन कुराले ट्रम्प नीतिको मतमार्फत जाँच समेत गर्नेछ । उसोतः अमेरिकामा बढेको महंगी र भान्सा चर्किदा समस्या बढ्न थालेको छ ।
यसलाई केहिहदसम्म न्यूनिकरण गर्नका लागि ट्रम्पले राहत घोषणा समेत गरेका छन्। तर, यस्तो राहतले लामो समयसम्म प्रभाव पार्न नसक्ने भएकाले समेत ट्रम्पका नीतिमाथिको कडा परीक्षण हुने ठानिएको छ ।


