काठमाडौं । नेपाली क्रिकेट टोलीको ब्याटिङ निकै कमजोर बन्दै गएको छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा बलिङ ठिकठाक रहेपनि ब्याटिङ निकै कमजोर देखिएको हो । कतारमा जारी प्रतियोगिताबाट नेपाली टोली आउट हुँदै स्वदेश फर्किदैछ ।
ठुलो आशा र अपेक्षा बोकेर कतार पुगेको नेपाली टोली निरास हुँदै स्वदेश फर्किएको हो । ट्रफी उचाल्ने लक्ष्य बाकेको नेपाल कसरी प्रतियोगिताको समुहचरणबाटै बाहिरियो त ? पछिल्लो समय नेपाली क्रिकेट नेपालीको ढुकढुकी बनिसकेको छ । चौतर्फी निरासाकाबीच प्रत्येक नेपालीले क्रिकेटलाई खुसीको माध्यम बनाएका छन् । यसकारण पनि नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा देखाउने सहभागिता र उपस्थितिमा निकै चासो र चिन्ता बढेको छ ।
कतारमा जारी एसीसी इमिजिङ एसिया कपलाई पनि नेपाली दर्शकले चाखलाग्दो ढंगले हेरे । तर नतिजा भने शुन्य ! समुह ‘ए’ रहँदै प्रतियोगितामा सहभागि भएको नेपाली टोलीले भारतसँग ३०६ रन र पास्तिानसंग ९६ रनको लज्जाष्पद हार ब्यहोर्दा संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध ६ विकेट जित निकाल्दै प्रतियोगिताबाट बाहिरियो । प्रतियोगितामा नेपालले खेलेको तीन खेलको समिक्षा गर्दा ब्याटिङ सुपरफ्लप सावित बन्यो भने बलिङ उत्कृष्ट ठहरियो ।
आउनुहोस् नेपाल हारका कारण, अनुभव र कमजोरीबारे चर्चा गरौँ !
१. क्यानको कमजोरी
कतारमा नेपाली टोली सुपरफ्लप सावित बन्नुमा नेपाल क्रिकेट संघ (क्यान) मुख्य कारण हो । किनकी क्यानले कि त प्रतियोगितामा टोली पठाउनु हुन्थेन । नभए सिनियर पूर्ण टोली पठाउनु पथ्र्यो । सन्दीप लामिछाने नेतृत्वको १५ सदस्यीय टोली हेर्दा त्यही देखिन्छ कि नियमित टोली भन्दा युवा खेलाडीलाई मौका दिइएको छ । जब टोली विश्व क्रिकेटका पावरहाउस राष्ट्र भारत र पाकिस्तान जस्ता टिमसँग खेल्दै छ ।
केबल प्रतियोगितामा सहभागिता जनाउन मात्रै राम्रो हो त भन्ने प्रश्न उब्जिन्छ ? अर्को कुरा एनपीएल तेस्रो संस्करणलाई केन्द्रमा राख्दै टोली बनाइएको देखिन्छ । जब देशको कुरा आउँछ त्यो भन्दा ठुलो त फ्रेन्जाइज लिग होइन होला ।
यस्ता कमजोरीले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली क्रिकेटमा कहिल्यै नमेटिने दाग लाग्न सक्छ । भारतसंग २६ रनमा अलआउट हुँदै नेपालले खराब रेकर्ड बनाएको छ । त्यसकारण अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदा सकभर क्यानले पहिलो प्राथमिकताका खेलाडीलाई महत्व दिनुपर्छ ।
२. ब्याटिङ धरासायी–बलिङ ठीकठाक
नेपाली क्रिकेटमा पछिल्लो समय ब्याटिङ पूर्ण रुपमा धरासायी भएको नजिताले स्पष्ट पार्छ । पहिलो खेलमा भारतविरुद्ध ३०६ रनको इतिहासकै लज्जास्पद हार । दोस्रो खेलमा यूएईसंग ६ विकेट सात्वना जित निकाले पनि तेस्रो तथा समुहचरणको अन्तिम खेलमा पाकिस्तानसंग ९६ रनको ठुलो हार ।
यी नतिजाले नेपाली ब्याटिङ कुन अवस्थामा छ भन्ने प्रष्ट हुन्छ । अर्जुन कुमाल र कुशल भुर्तेलको ओपनिङ जोडी फ्लप देखिन्छ । विशेषगरी युवा ब्याटर अर्जुनले अवसरको सदुपयोग गर्न सकेनन् । भुर्तेल पनि आक्रमक खेल पस्किने धुनमा सस्तैमा आउट हुने गरेका छन् । नेपाली टोलीको हारको अर्का मुख्य कारण भने ओपनर जोड चल्न नसक्नु हो ।
जुन पुरानै रोग हो भन्दा फरक नपर्ला । अर्कातिर लोकेश बम जो एनपीएल सिजन ३ मा सर्वाधिक रन बनाउने नेपाली खेलाडी हुन् । बम भारत र पाकिस्तान विरुद्ध शुन्य रनमै आउट भएका छन् । मध्यक्रममा पवन सरार्फ, देव खनाल, इशान पाण्डे र दिपेक ठुम्म्रेको हालत उही छ । रन बनाउनु कुनै गुञ्जाएस देखिएन । बलिङमा नेपाल उत्कृष्ट ठहरियो पाकिस्तानलाई १६८ मा रोक्दा होस् या यूएईलाई १२१ मा रोक्दा बलिङले कमाल प्रदर्शन गर्न सफल भयो ।
३. कमजोर टोलीविरुद्ध हाबी–ठुला टोलीसँग निरिह
नेपाली टोलीको एउटा पुरानै रोग हो, साना तथा आफ्नै हैसियताका टोली माथि हाबी हुने बलियो टोली विरुद्ध निरिह बन्ने । एसीसी इमर्जिङ कपमा त्यहि देखियो । समान हैसियतको यूएई विरुद्ध ६ विकेटको जित निकाल्दा हाबी बन्यो । १२२ रनको लक्ष्य २२ ओभरमै पुरा ग¥यो । तर पाकिस्तान र भारत विरुद्ध निरिह । पहिलो खेलमा भारतले निर्धारित ५० ओभरमा ३३२ रनको योगफल दिएको थियो तर नेपाल ११ ओभर ३ बलमा अलआउट भयो ।
पाकिस्तानलाई किफायती बलिङ गर्दै १६८ रनमा अलआउट गरेको नेपाल जवाफी ब्याटिङमा १७ ओभर ३ बलमा ७२ रनमा अलाउट हुन्छ । यी नतिजाले भन्छ– बलिया टोली विरुद्ध खेल्ने नेपालको प्राविधिक क्षमता पुगेको छैन ।
४. टियुमा हिरो–अन्तर्राष्ट्रिय मैदानमा जिरो
नेपाली खेलाडीलाई रन प्रहार गर्न टियु मैदान नै चाहिने हो भन्दा फरक नपर्ला । किनकी एसीसी इमजिङ कपमा नेपाली खेलाडी विशेषगरी ब्याटरको प्रदर्शनले त्यही भन्छ । एनपीएल सिजन ३ मा टियु अन्तर्राष्ट्रिय मैदानमा २४२ रन प्रहार गर्दै सर्वाधिक रन प्रहार गर्ने नेपाली ब्याटर बने तर कतारको एसियन टाउन क्रिकेट मैदान, दोहामा एक रन पनि बटुल्न सकेनन् ।
कुशल भुर्तेलले यूएई विरुद्ध ५७ रन बनाउन बाहेक जादु चलेन । आशा गरिएका ब्याटरको त यो हालत छ भने अन्य ब्याटरको कुरै नगरौँ । नेपाली टोलीले अब टियु मैदान मात्रै होइन, अन्तर्राष्ट्रिय मैदानमा पनि जित निकाल्न आवश्यक छ । क्यानले सकभर विदेशी भुमिका अभ्यास र खेलमा जोड दिनु आवश्यक देखिन्छ ।
५. रणनीतिक कमजोरी
एसीसी इमर्जिङ कपमा कप्तान सन्दीप लामिछाने र मुख्यप्रशिक्षक स्टुआर्ट ल को रणनीति पनि निकै कमजोर देखियो । भारतविरुद्ध ७ ओभरमा महत्वपूर्ण ३ विकेट लिएको नेपालले कप्तान तिलक बर्मा र कुमार कुशाग्रको साझेदारी तोड्न नसक्दा भारतले ३३२ रनको योगफल दिन पुग्यो ।
जहाँ कप्तान सन्दीप र मुख्यप्रशिक्षक स्टुआर्ट रणनीतिक रुपमा कमजोर देखिए । पास्तिान विरुद्ध ५० ओभरको खेलमा १ सय ६८ रनको लक्ष्य चेस गर्न सक्नु पथ्र्यो र जित्न सकिने अवस्था थियो । तर नेपालको एकपछि अर्का विकेट जाँदा ७२ रनमै सिमित बन्नु पर्यो ।
जहाँ मुख्यप्रशिक्षक स्टुआर्टले खेलाडीमा धैर्यता र अनुभवलाई सदुपयोग गराउन सकेनन् । नेपाल जित्न सक्ने खेलमा पनि हार्न पुग्यो ।
के सिक्ने ?
नेपाली टोलीले एसीसी इमर्जिङ कप प्रतियोगिताबाट सिक्ने महत्वपूर्ण पक्ष हो– निरन्तर अभ्यास, ठुला टोली विरुद्ध नियमित प्रतिष्पर्धा, बलियो मनस्थिति, धैर्यता र आत्मविश्वास, अन्तर्राष्ट्रिय प्रशिक्षण र एक्पोजर अनि एउटा बलियो र ब्याकअप टोली । यति भए नेपाली टोली ठुला राष्ट्र विरुद्ध प्रतिष्पर्धा गर्न सक्छ । नभए औपचारिकता निभाउनुको विकल्प छैन ।


