News 24 Television
बालेन उद्घाटनदेखि सुदुरपश्चिम च्याम्पियनसम्म, एनपीएल सिजन ३ मा के–के भयो ?

काठमाडौं । एनपीएल सिजन ३ शनिबार सम्पन्न हुँदा समर्थकले नेपाली क्रिकेटकै जित मानेका छन् । करिब एक महिनासम्म चलेको प्रतियोगितामा नेपाल दर्शक झुमे पनि । मैदानभित्र बाहिर ब्यापक चर्चा पनि पायो । देशी विदेशी नाम चलेका खेलाडीले एनपीएल खेल्दा विश्वब्यापी चर्चा पायो । यस पटक च्याम्पियन सुदुरपश्चिम रोयल्स बन्यो । समग्रमा एनपीएल कस्तो भयो त ?

बहुचर्चित नेपाल प्रिमियर लिग एनपीएल सिजन ३ शनिबार राति सम्पन्न भयो । कार्तिक ९ गते सुरु भएर मंसिर ५ गते सकिएको प्रतियोगितामा ३२ खेल भए । ८ फ्रेन्जाइज टोलीले किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय मैदानमा एनपीएल खेल्दा नेपाली दर्शक खुशीले नाचे । आउनुहोस् एनपीएल सिजन सिजन ३ कस्तो भयो ? 

च्याम्पियन र पुरस्कार 

एनपीएल सिजन ३ को च्याम्पियन सुदुरपश्चिम रोयल्स बन्यो । च्याम्पियन बनेको रोयल्सले ट्रफी र मडेलका साथ १ करोड ५० लाख नगद पुरस्कार पायो । रोयल्सले लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दा एतिहासिक रुपमा पहिलो पटक ट्रफी चुम्न सफल भएको हो । उपविजेता बनेको लुम्बिनीले ६० लाख नगद पुरस्कार पायो । 

८० लाख पुरस्कार दिने घोषणा गरेपनि क्यानले ६० लाख पुरस्कार दिएपछि यो विषयमा भने प्रश्न उठेको छ। तेस्रो भएको चितवन राइनोजले ४० लाख र चौथो बनेको काठमाडौँ गोर्खाजले ३० लाख नगद पुरस्कार पाएका हुन् । 

व्यक्तिगत अवार्ड तथा पुरस्कार 

ब्यक्तिगत अवार्ड तथा पुरस्कारमा प्रतियोगिताको सर्वौत्कृष्ट खेलाडी सुदुरपश्चिम रोयल्सका कप्तान दिपेन्द्रसिंह ऐरी बने । कप्तान ऐरीले ५ लाख नगद रुपैँया पाएका हुन् । प्रतियोगिताको सर्वोत्कृष्ट नेपाली खेलाडी रिजन ढकाल बने । चितवन राइनोलमा ढकालले ६० लाख हारहारीको ओमाडा एण्ड जाएको कार जिते । 
साथै, रिजनले प्रतियोगिताको सर्वाधिक १७ विकेटका साथ बजाज पल्सर मोटरसाइकल पनि हात पार्न सफल भए । प्रतियोगिताको सर्वोत्कृष्ट ब्याटर लोकेश बम बने । २४२ रन बनाएका बमले बजाज पल्सर मोटरसाइकल जिते । उदयीमान खेलाडी जनकपुर बोल्ट्सका साहुल यादव बने । राहुलले पनि बजाज पल्सर मोटरसाइकल जिते । 

इनर्जेटिक प्लेयरको अवार्ड चितवन राइनोजका कमिल मिशाराले जिते भने २ लाख नगद पुरस्कार पाए । प्रतियोगिताको सर्वाधिक रन पोखरा एभेन्जर्सका युवराज राम्राले प्रहार गरे । उनले २९४ रन बनाएको नतिजा छ । 

३ रेकर्डधारी शतक 

एनपीएल सिजन ३ मा तीन शतक बने । ती सबै विदेशी खेलाडी हुन् । रेकर्डधारी शतक प्रहार गर्नेमा फाइनलमा सुदुरपश्चिम रोयल्सका जर्ज मुन्सी हुन् । 

उनले नटआउट १२५ रनको शतकीय इनिङ खेल्दा रेकड बन्यो । चितवन राइनोलमा कमिल मिशाराले १२० रनको शतकीय इनिङ खेले । 

मुख्सी अघि ब्यक्तिगत सर्वाधिक ठुलो स्कोर उनकै थियो । मिशाराले एलिमिनेटरमा काठमाडौँविरुद्ध शतक प्रहार गरेका थिए । यस्तै, शतक बनाउन अर्को नाम हो, पोखरा एभेन्जर्सका युवराज साम्रो । उनले कर्णाली याक्स विरुद्ध १०२ रनको शतकीय इनिङ खेलेका थिए । 

सन्दीपको मात्रै ह्याट्रिक 

तेस्रो संस्करणको एनपीएलमा ह्याट्रिक विकेट लिने एकमात्र खेलाडी बने सन्दीप लामिछने । जनकपुर बोल्ट्सका कप्तान सन्दीपले पोखराविरुद्ध ह्याट्रिक सहित ६ विकेट लिएर सनसनी मच्चाएका थिए । यद्यपी उनको टोली प्लेअफमा पुग्न सकेन । 

विश्व स्टारको आगमन 

एनपीएल ३ मा विश्व स्टार खेलाडी जोडिए । काठमाडौँ गोर्खाजमा डेभिड वार्नर, कर्णाली याक्समा डेभिड मिलर, विराटनगर किङ्समा आन्द्रे रसेल, पोखरा एभेन्जर्समा शाकिप अल हसन, जनकपुर बोल्टस्मा मोइन अली र चितवन राइनोजमा सिकन्दर राजा । यी विश्व स्टार खेलाडीको आगमनले एनपीएल अझ भब्य र ब्यापक बन्यो । 

डिआरएस र आईसीसी मान्यता 

एनपीएल सिजन ३ मा नेपाली क्रिकेट इतिहासमै पहिलो पटक डिसिजन रिभ्यु सिस्टम डिआरएस लागु र ओइसीसीको मान्यताले अझ चर्चा बटुल्यो । डिआरएस र आईसीसी मान्यताले एनपीएलको कद अझ उँचो बनेको छ । 

१५० करोडको कारोबार 

एनपीएल सिजन ३ मा करिब १५० करोडको आर्थिक कारोबार भएको अनुमान गरिएको छ । जसमध्ये क्यानले प्रायोजन, टिकट बिक्री, प्रसारण अधिकार र अन्य स्रोतबाट ७० देखि ७५ करोडसम्म आम्दानी गरेको अनुमान छ । 

सोहि मात्रामा फ्रेन्जाइज टोलीको पनि खर्च र आम्दानी भएको अनुमान छ । बजार विश्लेषणलाई आधार मान्ने हो भने करिक ८ अर्बको ब्रान्ड भ्यालु बनेको छ । 

विवाद र समाधान 

सौहार्दपूर्ण रुपमा उद्घाटन र समापन भएपनि एनपीएल सिजन ३ मा विराटनगर किङ्स र  सुदुरपश्चिम रोयल्सविचको लिग चरणको खेल विवादित बन्यो । बर्षा भिलेन बनेको खेलमा खेल्ने कि नखेल्ने भन्ने विषयलाई लिएर विवाद भएको थियो । 

सुदुरपश्चिको व्यवस्थापन टोली र खेलाडी मैदान भिजेको कारण देखाउँदै खेल्न नमान्दा झण्डै डेढ घण्टापछि खेल सुरु भएको थियो । जहाँ क्यान सचिव पारस खड्का र दुई टोलीविच मैदानमा देखिएका दृश्यले एनपीएल माथि नै प्रश्न उठ्ने माहोल बनेको थियो । विवादपछि खेलाइएको ५ ओभरको खेलमा विराटनगर किङ्स ३५ रनले विजयी भएको थियो ।

उद्घाटनमा बालेन–समापनमा रवि

एनपीएल सिजन ३ को भब्य उद्घाटन कार्तिक ९ मा प्रधानमन्त्री बालेनले गरे भने समापनमा सत्तारुढ दलका सभापति रवि लामिछाने पुगे । क्रिकेटलाई राजनीतिक नेतृत्वले पनि चासो दिएको देखिन्छ । साथै मन्त्री, सांसद र विशिष्ट व्यक्तिहरुको पनि सहभागि देखिथ्यो । फाइनलमा एसीसीका प्रतिनिधिको पनि सहभागिता थियो । 

विशेषरी नेपाली दर्शकले एनपीएल र नेपाली क्रिकेटलाई गजबले साथ र समर्थन गरेका छन् । यी र यस्ता गतिविधिले एनपीएल सिजन ४ अझ भब्य, सभ्य र विश्वब्यापी बन्ने कुरामा दुईमत छैन् ।

 

प्रकाशित मिति: सोमबार, मंसिर ७, २०८३  ०९:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update