News 24 Television
सबैभन्दा कमसल र सस्तो चामल किन्न पनि यस्तो लुछाचुँडी
Chamal Kinneko Bhid_100%
  • गगन अयडी

बाजुरा । बाजुराको सदरमुकाम मार्तडीमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा सस्तो मूल्य पर्ने मोटा चामल आउन थालेपछि चामल किन्नेको भीड लागेको छ । गत भदौ २४ गते सकिएको मोटा चामल नआउँदा बाजुराका जनता महँगीको मारमा थिए ।

बाजुरामा गएको भदौ २४ मा सकिएको मोटा चामल करिब ७ महिनापछि आएको छ । योसँगै मोटा चामल किन्नेको भीड थेगिनसक्नुको छ । बाजुरामा खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा मोटा चामल किन्नको लागि स्थानीय विहान ९ बजे देखि लाइन बस्ने गरेका छन् । ३० केजी चामल किन्नलाई विहानदेखि लाइनमा बस्नु पर्ने बाध्यता छ । खाद्यमा पहिला प्रति केजि ४९ रूपैयाँ पर्ने चामलको मूल्य अहिले एक केजी चामलको मुल्य ६९ रूपैयाँ लिने गरेको स्थानीयको गुनासो छ । अहिले बजारको चामल र सहुलियत भनिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको मुल्य बराबर छ । लामो समयपछि खाद्य संस्थानमा केहि मोटा चामल पुगेपनि किन्नेको भिड हुँदा दिनभरि लाइनमा बसेर बेलुका रित्तै घर फर्किनुपर्ने बाध्यता छ ।

गत भदौ २४ पछि पहिलो चरणमा आएको २ सय क्विन्टल मोटा चामल दुई दिन बिक्री हुदैँ सकिएको थियो । त्यसपछि थप एक क्विन्टल चामल आएपनि जिल्लामा केहि विपद्जन्य अवस्था आउँन सक्ने भन्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कार्यालयमा ताला लगाएको थियो । त्यसपछि एक पटक ७० क्विन्टल र गएको बिहिवार थप दुई सय क्विन्टल मोटा चामल आएपछि कार्यालयले आइतवार वितरण गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुराका प्रमुख उमेश भण्डारीले बताए । अहिले १ सय २० क्विन्टल मसिनो र ३ सय ७० क्विन्टल मोटा चामल मध्ये एकैदिन करिब ३ सय क्विन्टल मोटा चामल बिक्री भएको छ । बाँकी चामल जिल्लामा हुन सक्ने आपतकालिन अवस्थाका लागि राखिने बताइएको छ । यस अघि कार्यालयले प्रति केजी ५४ रुपैँयामा बिक्री गर्दै आएको मोटा चामल यस पटक भने महंगोमा खरिद गर्नु परेकाले प्रति केजी ५९ रुपैँयामा बिक्री गर्नु परेको कार्यालयले जनाएको छ ।

https://youtu.be/Gwa0eccMWYY

मार्तडीमा सस्तो मूल्य पर्ने मोटा चामल केहि वितरण गरेको भएपनि कोल्टी बिक्री केन्द्रमा भने गोदाम चामल नहुदा यहाँका जनताले खाद्यान्न किन पाएका छैनन। कोल्टीमा केहि दिनअघि १ सय क्विन्टल मोटा चामल पुगेपनि बिक्री भइसकेको छ । सर्वसाधारणले किनेर खान सक्ने मोटा चामल कोल्टीमा अहिलेसम्म नपुग्दा स्थानीय महंगीको मारमा परेका छन् । हिमाली गाउँपालिकाको कवाडी अस्थायी डिपोमा गत आर्थिक बर्षको चामल असारमा सकिएको थियो भने स्वामी कार्तिक गाउँपालिकामा नयाँ स्थापन गरेको डिपोमा समेत खाद्यान्न नहुदा स्थानीयबासि बजारको महंगो चामल किनेर खान बाध्य छन्। जिल्ला खाद्य व्यवस्था समितिले बाजुरामा तत्कालका लागि १० हजार क्वीन्टलको माग गरेको भएपनि खाद्य व्यवस्था तथा व्यापार केन्द्र बाजुराले ७ सय भन्दा बढी नभएको जनाएको छ ।

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  ०९:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update