
काठमाडौँ । सगरमाथा आरोही एवं पत्रकार रोजिता बुद्धाचार्य अमेरिकाको नेशनल एरोनटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेशन (नासा) मा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने पहिलो नेपाली महिला बनेकी छन् ।
नासामा अध्ययनका लागि पूर्ण छात्रवृत्तिमा नाम निकालेसँगै उनी बुधवार अध्ययनका लागि नासा प्रस्थान गरेकी छन् । यसअघि पनि रोजिताले अमेरिकाको मेरिल्यान्डको बाल्टीमोरस्थित स्पेस टेलिस्कोप साइन्स इन्स्ट्च्यिुटमा छात्रवृत्तिमा अध्ययन गरिसकेकी छन् । सन् २०१६ मा केन्द्रिय भौतिकशास्त्र विभाग, त्रिभुवन विश्वविद्यालयमा भएको एस्ट्रोफिजिक्स स्कुल कार्यक्रममा भाग लिएसँगै युनिभर्सिटी अफ मेलबर्नका सहप्राध्यापक मिकेला टे«न्टी र क्लेयर केनयन, युरोपियन स्पेस एजेन्सीका वैज्ञानिक नोरा लुत्जन्डर्फ र निकोलस कोपर्निकस एस्ट्रोनोमिकल सेन्टर, पोल्याण्डका प्राध्यापक आन्द्रे जियास्कीको उत्कृष्ट विद्यार्थीको नजरमा परेकी थिइन् उनी । त्यससँगै बाल्टिमोर अध्ययनका लागि छनोट भएकी थिइन् । विश्वभरबाट पाँच सय आवेदकमध्ये १४ जनामा उनी पनि छनौट भएसँगै स्पेस टेलिस्कोप साइन्स इन्स्ट्च्यिुटमा अध्ययन गर्ने अवसर मिलेको थियो ।
अहिले नासामा पनि पूर्ण छात्रवृत्तिमा अध्ययनका लागि अवसर मिलेको छ । काठमाडौंमा एक कार्यक्रमबीच उनलाई मोतीदेवी स्मृति केन्द्रले साहसिक महिला, सगरमाथा आरोही तथा युवा वैज्ञानिक सम्मान समेत प्रदान गरेको छ । कार्यक्रमको अवसरमा बोल्दै उनले विगतको आफ्नो आर्थिक अवस्था कमजोर हुँदा खेप्नुपरेको समस्या र दुःखको स्मरण गरिन् । उनले आफू अन्तरिक्षयात्री बन्ने लक्ष्यसहित नासामा अध्ययन गर्ने बताएकी छन् ।