
- त्रिगुणा भट्टराई बस्नेत
काठमाडौँ । कुनै पनि रोग उपचारका लागि औषधि महत्वपूर्ण वस्तु हो । तर मानव रक्षाका लागि बनाएका औषधि विक्रि वितरणमा नै व्यापक क्रृटी भेटिएका छन् । पछिल्लो समय फार्मेसीमा कमसल खालको औषधि, म्याद गुज्रेको औषधिदेखि फार्मेसीमा फर्मासिस्ट नबस्ने जस्ता समस्या मौलाउँदो देखिएको छ । यसले मानव स्वास्थ्य थप संकटमा फसेको छ ।
औषधिको उत्पादनदेखि विक्रिवितरण र सेवनका क्रममा कुनै त्रुटी भएको अवस्थमा औषधि घातक बन्न सक्छ । यसले मानव स्वास्थ्य थप संकटमा फसाउने गर्छ । यस्तो समस्या नआओस भनेरै अन्र्तराष्ट्रिय तथा राष्ट्रिय मापदण्ड समेत बनेका छन् । तर, नाम चलेका सरकारी अस्पताल भित्रै रहेका तथा अस्पताल नकिजकैका औषधि पसलमा औषधि स्टोर गर्ने देखि विक्रिवितरणमा प्रशस्त त्रुटी भेटिएका छन् ।
औषधि व्यवस्था विभागको तथ्यांकअनुसार, कारबाहीमा पर्ने फार्मेसीको अवस्था :
– आ.व. २०७७÷७८ मा १० जिल्लाका ७९ फार्मेसी
– आ.व. २०७८÷७९ मा ९ जिल्लाका १ सय १३ फार्मेसी
– जसमध्येका अधिकांश फार्मेसी कारबाहीमा पर्नुको कारण सम्बन्धित व्यवसायी अर्थात् फर्मासिस्ट अनुपस्थित
– आ.व. २०७७÷७८ मा कारबाहीमा परेका फार्मेसी ७९
– जसमध्ये ६८ वटा कारबाहीमा पर्नुको कारण सम्बन्धित व्यवसायी अर्थात् फर्मासिस्ट अनुपस्थित
– आ.व. २०७८÷७९ मा कारबाहीमा परेका १ सय १३ मध्ये ८९ फार्मेसी
– कारबाही पर्नुको कारण फर्मासिस्ट अनुपस्थित
औषधीमा गुणस्तर कायम गर्नुपर्ने देखि फार्मेसीले औषधी बिक्रीवितरण गर्दा डाक्टरको प्रेस्किप्सनबीना गर्न नहुने व्यवस्था छ । तर, फार्मेसीले औषधी विक्रीवितरणमा मात्रै नभए भण्डारणमा समेत लापरबाही गर्ने र लापरबाहीपूर्वक राखिएका औषधीको गुणस्तर ह्रास हुँदै जाने हुनाले पनि यसले स्वास्थ्यमा गम्भीर असर गर्ने कारण अनुगमनका कामलाई तीब्रता दिन थालिएको छ ।
पछिल्लो समय अस्पतालका फार्मेसीमा आवश्यक औषधि नपाइने, औषधिको मूल्यमा एकरुपता नदेखिने देखि म्याद गुज्रेको औषधि विक्रीवितरण भएको जनगुनासो बढेको पाइन्छ । यतिमात्रै नभ्एर गुणस्तरमा कमजोर देखिएको औषधी उत्पादन हुने देखि म्याद गुज्रेका औषधि विक्रिवितरण तथा फामेर्सीमा फर्मासिस्ट नबस्ने जस्ता तथ्य समेत भेटिने गरेका छन् । औषधी जस्तो सम्वेदनशील विषयमा स्वास्थ्य मन्त्रालयले अनुगमनमात्रै गरेर भने पुग्दैन् । यसका लागि आवश्यक प्रक्रियाको समेत बन्दोवस्त गर्न ढिला गर्नु हुँदैन ।