News 24 Television
लुम्बिनीबाट प्रचण्डको नयाँ सन्देश
Lumbini_Sambodhan_100

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले लुम्बिनी प्रदेशसभामा विशेष सम्बोधन गरेका छन् । प्रदेशसभालाई विशेष सम्बोधन गरेका प्रधानमन्त्री प्रचण्डले संघीयताको अभ्यास व्यवहारबाटै सफल भएको देखाउनुपर्ने भन्दै विभिन्न योजनाबारे समेत आफ्नो धारणा राखे । प्रधानमन्त्रीले बजेट तथा विकासको मुद्दालाई समेत विशेष रुपमा अघि सार्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

लुम्बिनी प्रदेशसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिबार विशेष सम्बोधन गरेका छन् । लुम्बिनी प्रदेश नियमावली २०७९ को नियम २२० को उपनियम २ बमोजिम लुम्बिनी प्रदेश सभाको बैठकलाई प्रधानमन्त्री प्रचण्डले सम्बोधन गरेका हुन् । सम्बोधनको क्रममा प्रधानमन्त्री प्रचण्डले नेपालको शान्ति प्रक्रिया विश्वकै निम्ति मौलिक प्रकृतिको रहेको र क्रान्तिको नेतृत्व गर्नेले नै शान्तिको नेतृत्व गर्न सक्ने दाबी समेत गरे ।

लुम्बिनीको विश्वव्यापी महत्व रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले बुद्ध भूमिको ‘ब्राण्डिङ’ गर्ने, पर्यटनमैत्री नीति र कानुनहरू निर्माण गर्ने, पर्यटन पूर्वाधार विकास गर्ने र पर्यटनमार्फत प्रदेशको विकास र समृद्धिमा गुणात्मक फड्को हान्नेतर्फ सोच्नुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री प्रचण्डले आफूले तेस्रो पटक सरकारको नेतृत्व गरेपछि सङ्घीयता कार्यान्वयनलाई उच्च प्राथमिकता दिएको उल्लेख गरे । संघीयतालाई बलियो बनाउनका लागि बजेट रमान्तर र योजना छनोटको मोडेल समेत उनले प्रस्तुत गरेका छन् । तीन करोडमूनीका योजनालाई अब प्रदेश र स्थानिय तहले नै विनियोजन गर्ने गरि अघि बढ्ने प्रचण्डको प्रतिबद्धता छ ।

प्रदेशसभालाई विशेष सम्बोधन गरेका प्रधानमन्त्री प्रचण्डको सम्मानमा प्रदेशसभा सदस्यहरु आ–आफ्नो स्थानमा उभिएर बिदाई गरेका थिए । लुम्बिनीको अर्को बैठक अब फागुन २० गते दिउँसो १ बजे बस्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  १०:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update