News 24 Television
सडकमा आन्दोलन नै आन्दोलन, समाधान के ?
Piditharuko-Chetawani_100

काठमाडौं । काठमाडौं केन्द्रित दोस्रो चरणको आन्दोलनमा होमिएका लघुवित्त तथा मिटरब्याज पीडितहरुले आफ्नो समस्या समाधान नभई घर नफर्कने चेतावनी दिएका छन् । उनीहरुले लघुवित्त तत्काल खारेज गर्न समेत सरकारलाई दबाब दिइरहेका छन् ।

दोस्रो चरणको आन्दोलन अन्तर्गत मिटरव्याज र लघुवित्त पीडितहरु काठमाडौं केन्द्रित आन्दोलनमा छन् । उनीहरु काठमाडौंको खुला चौरमा आश्रय लिएर बसेका छन् भने सरकारसँगको संघर्षमा छन् । उनीहरुले लघुवित्त संस्थाहरुको ऋण नतिर्ने समेत बताइरहेका छन् । आफ्ना सन्तानलाई समेत दुःख दिएकाले लघुवित्त संस्थाहरु सरकारले तत्काल खारेज गर्नुपर्ने माग उनीहरुको छ ।

अर्का पीडित अछामका अगष्ट अधिकारीको भनाई पनि उस्तै छ । आफूहरुको माग पूरा नभई घर फर्कनसक्ने अवस्था नरहेको बताउछन् उनी । नव सामन्तको रुपमा उदाएको लघुवित्त संस्था भन्दै यसको खारेज हुनुपर्ने, महिलाहरुमाथि लगाइएको सामूहिक ऋण मिनाह हुनुपर्ने, आम गरिव किसानहरुलाई निःशुल्क ऋण प्रदान गर्नुपर्ने लगायतका आफूहरुको नौ बुँदे माग सरकारले सम्बोधन गर्नैपर्ने उनको माग छ ।

पीडितहरुले लघुवित्तीय संस्थाहरुले घरमा बस्न नदिएपछि आफूहरु बाध्य भएर दोसो पटक पनि आन्दोलनका लागि काठमाडौं आउनुपरेको गुनासो गरेका छन् । कञ्चनपुरका अमर नेपालीले गाउँका बस्न लघुवित्त संस्थाहरुले नदिएपनि महिला दिदीबहिनीहरुले समेत घर छोडेर आउनु परेको बताए । नेपालीले अब समस्या समाधान नभई आफूहरु घर फर्कने अवस्था नरहेको उनी बताउछन् ।

यता, मिटरब्याज पीडितहरुको पनि आफूहरुको माग सम्बोधन गर्न सरकारले खासै चासो नदिएको गुनासो छ । उनीहरुको काठमाडौंको रत्नपार्कमा बिरोध प्रदर्शन गरेका हुन् । उनीहरुले माग सम्बोधनका लागि सरकारलाई दबाब दिन काठमाडौंमा दैनिक मौन जुलुस निकाल्ने कामलाई निरन्तरता दिएका छन् । पीडितको समस्या समाधानका लागि सरकारसँग वार्ता पनि जारी छन् भने आन्दोलनको कार्यक्रमलाई पनि निरन्तरता दिइएको छ ।

मिटरब्याज पीडितहरुले गत माग १६ गतेबाट मिटरब्याज विरुद्धको न्याय मार्च झापाको काँकडभिट्टाबाट निकालेका थिए । अझै आफूहरुको माग सम्बोधन गर्न सरकार गम्भिर नभएको उनीहरुको गुनासो छ । यद्दपी, सरकारले भने समाधान खोजिने तर काठमाडौंमा यसरी दुख पाएर नहुने भएकाले घर फर्किन आग्रह गर्दै आएको छ ।

https://youtu.be/pjJQ5ckfzy4

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  १०:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update