कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक
                        
                        
                                                
                                             
                                                काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि फागुन २२ गते दिउँसो ३ बजे बस्ने भएको छ ।
पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास, बूढानीलकण्ठमा बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यको उपस्थितिका लागि अनुरोध गरिएको छ ।
साेमबार प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एमालेसँग नयाँ सहमति गर्दै कांग्रेससँगको गठबन्धन तोडेपछि आकस्मिक रुपमा बसेको कांग्रेस पदाधिकारी बैठकमा यसबारे छलफल भएको थियो ।
प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  १५:२१
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
     
                                     
                                                                    
 
                     
                     
                     
                     
                     
                    