नयाँ गठबन्धनका यी तीन मन्त्रीले आज सपथ लिँदै
                        
                        
                                                
                                             
                                                काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकार आज पुनःगठन हुने भएको छ । कांग्रेससँगकाे गठबन्धन भत्काएर एमालेसँग नयाँ गठबन्धन बनाएपछि प्रधानमन्त्री दाहालको सिफारिसमा आजै नयाँ मन्त्रीहरुले सपथ लिने कार्यक्रम तय भएकाे हाे ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार नयाँ मन्त्रीहरुको सपथ आज साँझ ५ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा हुनेछ । आज सपथ लिने मन्त्रीहरुमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डोलप्रसाद अर्याल, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का हितबहादुर तामाङ र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पदम गिरी रहेका छन् । उनीहरुको मन्त्रालय भने तोकिएको छैन ।
प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  १५:३६
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
     
                                     
                                                                    
 
                     
                     
                     
                     
                     
                    