News 24 Television
डाबर वाटिका स्याम्पु मिस नेपाल २०२४ को टाइटल स्पोन्सर

 काठमाडौँ । डाबर वाटिका स्याम्पुले मिस नेपाल प्रतियोगितामा विगत दुई वर्षदेखिको साझेदारीलाई कायम राख्दै मिस नेपाल २०२४ प्रतियोगिताको टाइटल स्पोन्सरसिपको घोषणा गरेको छ । यो साझेदारीले नेपाली महिलाहरूलाई सशक्तिकरण गर्ने र सौन्दर्य प्रवर्द्धन गर्ने डाबर वाटिकाको उद्देश्यमा महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने कम्पनीले जनाएको छ ।

पछिल्लो केही वर्षहरूमा, डाबर वाटिका मिस नेपाल प्रतियोगिता नेपाली महिलाहरूको विविध प्रतिभा प्रदर्शन गर्दै सुन्दरता र बौद्धिकताको उत्कृष्ट नमुना बनेको छ । शीर्षक प्रायोजकको रूपमा, डाबर वाटिकाले महिला सशक्तिकरणमा आफ्नो विश्वासलाई पुनः पुष्टि गर्दै, महिलाहरूलाई समर्थ बन्न र समाजमा प्रभाव पार्न महत्त्वपूर्ण प्लेटफर्म प्रदान गर्ने घोषणा गरेको हो ।   

डाबर नेपालका मार्केटिङ हेड अभय प्रसाद गोर्खालीले भने, ‘हामी सुन्दरता र बौद्धिकताको उत्सव मनाउने एउटा प्रतिष्ठित प्लेटफर्म मिस नेपाल प्रतियोगितासँग आबद्ध हुन पाउँदा हर्षित छौं । यो साझेदारी मार्फत, हामीले नेपालभरका महिलाहरूलाई निडरताका साथ आफ्ना सपनाहरू पछ्याउन प्रेरित गर्ने र प्रोत्साहित गर्ने लक्ष्य राख्छौं ।’ 

प्रतियोगिताको आयोजक द हिडन ट्रेजरका अध्यक्ष अजय रत्न स्थापितले भने, ‘मिस नेपाल २०२४ को टाइटल प्रायोजकका रूपमा डाबर वाटिकालाई स्वागत गर्न पाउँदा हामी खुसी छौँ । हामी अनगिन्ती व्यक्ति र समुदायहरूलाई प्रेरित गर्ने फलदायी साझेदारीको लागि तत्पर छौँ ।’

प्रकाशित मिति: आइतबार, चैत ११, २०८०  १२:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update