News 24 Television
गाजा युद्ध : ३२ हजार प्यालेस्टिनीको मृत्यु 

काठमाडौँ । गाजामा इजरायलको जारी हमलामा हालसम्म ३२ हजार २२६ प्यालेस्टाइनीको मृत्यु भएको छ । साथै ७४ हजार ५१८ जना घाइते भएका छन् । 

गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुने संख्या झनै बढीरहेको गाजास्थित स्वास्थ्यमन्त्रालयले जनाएको छ । सेना र शिन बेट सुरक्षा सेवाले अल–शिफा अस्पताल क्षेत्रमा लडाई जारी राखेको छ । 

इजरायलले यसअघि पनि अस्पताललाई निशाना बनाएर आक्रमण गरेको थियो । हमासले यसलाई कमाण्ड सेन्टरको रूपमा प्रयोग गरेको र कम्प्लेक्स मुनि भूमिगत सुरुङहरूमा हतियार र लडाकुहरू लुकाएको दाबी गरेको छ । 

इजरायल र प्यालेस्टानइबीच २०२३ को अक्टोबर ७ बाट युद्ध शुरु भएको थियो ।
 

प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  ११:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update