News 24 Television
नेपाली जनप्रगतिशील मन्च युरोपको  अध्यक्षमा चित्र सुवेदी निर्वाचित 

बार्सिलोना । स्पेनको बार्सिलोनामा सम्पन्न नेपाली जनप्रगतिशील मन्च युरोपको ५ औं अधिवेशन मार्फत बेल्जियम निवासी चित्र सुवेदी निर्वाचित भएका छन्। 

भरतपुर उपमहानगरपालिका प्रमुख रेणु दाहालले उदघाटन गरेको र दुई दिन सम्म चलेको अधिवेशन कार्यक्रम बन्द शत्रमा प्रवेश गरेपछि निर्वाचन आयुक्त सुरेन्द्र कुमार श्रेष्ठले अध्यक्षका चार जना दावेदारीहरुको नाम पढेर सुनाएका थिए। 

पाचौ अधिबेशनमा नेपाली जन प्रगतिशिल मन्च राष्ट्रीय समिति माल्टा अध्यक्ष बिनय बुढाथोकी, बेल्जियम अध्यक्ष प्रकाश पौडेल , नर्बैका डा. कृष्ण अर्याल,पोर्चुगलका सिता ढकाल, नेरल्याण्डका संघर्ष केसी, आयरल्यान्ड अध्यक्ष  दलराम तामांग , स्पेन अध्यक्ष बिशाल ढुंगाना, स्वीडेनका अध्यक्ष राम शरण ढकाल, फ्रान्स अध्यक्ष सुमन पौडेल, बेलायतका रण बहादुर खाति क्षत्री, जर्मनी अध्यक्ष गोबिन्द भन्डारी, तमु राष्ट्रीय मुक्ति मोर्चा अध्यक्ष मनिस गुरूंग, डेनमार्क महेन्द्र खड्काले राष्ट्रिय समितिबारे रिपोर्टिंग गरेका थिए ।

3-1711590570.jpg
 

निर्वाचन आयुक्त सुरेन्द्र कुमार श्रेष्ठ, निबर्तमान अध्यक्ष रणबहादुर खाती क्षेत्री, संगठन विभाग प्रमुख उदयराज गौतम, बेल्जियमका पूर्व अध्यक्ष चित्र सुवेदी, अष्ट्रिया अध्यक्ष  धर्मराज  खतिवडा माल्टाका अध्यक्ष कान्छा राम बुढाथोकी बिनय समय, स्विजरल्यान्ड प्रतीनीधी अचुत फुयाल, अध्यक्षका दाबेदारहरूबीच छलफलपश्चात मञ्चको अध्यक्षका लागि चित्र सुवेदीका नाममा सहमति जुटेको थियो भने धर्मराज खतिवडा महासचिव बन्न राजी भएका थिए ।

महाधिवेशनले कार्यसमितिका अन्य पदहरू सहमतिका आधारमा परिपूर्ति गर्दै जाने नवनिर्वाचित अध्यक्ष चित्र सुवेदीले बताएका छन् ।

अध्यक्षका लागी  मंन्च  विघटन हुनु अगाडीका  कार्यबाहक अध्यक्ष रणबहादुर खाती क्षेत्री,   संगठन विभाग प्रमुख उदयराज गौतम, बेल्जियमका पूर्व अध्यक्ष चित्र सुवेदी अष्ट्रियका अध्यक्ष  धर्मराज  खतिवडा  लगायतको  दावी थियो। 

निर्वाचन समिती मतदान मार्फत नेतृत्व चयनका लागी गृहकार्य गरेको भए पनि  सकेसम्म सहमती मार्फत नेतृत्व चयन गर्नका लागी अनुरोध गरेको थियो।  

अध्यक्षका दावेदारीहरु बिचको गोप्य  छलफल पश्चात अन्तत  मंन्चको  अध्यक्षका लागी  चित्र सुवेदीका नाममा सहमती जुटेको थियो भने  धर्मराज  खतिवडा  महासचिव  बन्न राजी  भएका थिए। 
 
आफूले अध्यक्षको दावेदारी फिर्ता लिएपछि बरिष्ठ नेता   उदयराज गौतमले “संगठनको आवश्यक्ता र समयको माग अनुसार आफूले पद लाई गौण ठानेको  बताए। आफ्नो योगदान अनुसार अध्यक्षका निम्ती एकपटक प्रयास गर्न खोजेको तर नेतृत्वमा पुग्नका लागी निर्वाचनमा सहभागी हुन मन नलागेको उनको भनाई थियो। नेतृत्वमा जो गए पनि सबै वर्ग, समुदायको निम्ती त्यसले हित गर्ने उनले बताएका छन्।  

2-1711590598.jpg
 

त्यसैगरी  रणबहादुर खाती क्षेत्रीले आफू यस अगाडी संगठनको  आवश्यक्ताको लागी कार्यबाहक अध्यक्ष  बनेको कारण यसपटक आफू स्वत अध्यक्ष बन्नु पर्ने बताएका थिए। तर निर्वाचनमा  जाने कुराले कसैलाई फाईदा नगर्ने भन्दै पछाडी हटेका थिए। 

नवनिर्वाचित महासचिव धर्मराज खतिवडाले  आफ्नो केमेष्ट्री अध्यक्षसंग मिल्ने बताएले अब संगठन रकेटको गतीमा अगाडी बढ्ने बताएका  छन्।  

महाधिवेशनले कार्यसमितीका  अन्य पदहरु सहमतीका अधारमा परिपुर्ती गर्दै जाने नविर्वाचित अध्यक्ष चित्र सुवेदीले बताएका छन्।

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  ०७:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update