News 24 Television
 सुदूरपश्चिममा फेरि फैलियो कोरोना, छैन कुनै तयारी

कैलाली । सुदूरश्चिममा कोरोना संक्रमणको दर फेरि बढ्न थालेको छ । सुदूरपश्चिमेलीहरुकोे बिशेष पर्र्व (बिसुुत्यार) अर्थात नयाँ वर्ष मनाउन नेपाल फर्कनेको क्रम बढेसँगै कोरोना संक्रमण समेत बढेको हो । संक्रमण पुनः बढ्न थालेपछि न्यूनिकरणका लागि विभिन्न प्रवन्ध मिलाउनेक्रम जारी छ । 

सुदूरपश्चिममा कोरोना भाइरसको संक्रमण पुनः बढ्न थालेको छ । भारतसँग सीमा जोडिएका नाकाहरुबाट नेपालीहरु स्वदेश फर्किने क्रम बढेसँग कोरोनाको संक्रमण पनि तीव्र देखिएको हो । गएको माघ देखी नै कोरोना बढ्दै गएको छ  । होली मनाउन स्वदेश फर्किनेहरु बढेसँग संक्रमण बढेको देखिन्छ । अहिले पनि सुदूरपश्चिमेलीहरुकोे बिशेष पर्र्व (बिसुुत्यार) अर्थात नयाँ वर्ष मनाउन स्वदेश आउनेको संख्या बढेको छ । 

यसक्रममा पनि कोरोना संक्रमणको दर बढेको देखिन्छ । तर, संक्रमण फैलिन नदिन आवश्यक तयारी भने कमजोर देखिएको छ । हेल्थ डेस्कमा कोरोनाको नमुना जाँचगर्ने कीट, लगायतका सामग्रीको अपर्याप्तता देखिएको छ । 

प्रदेशमा विगतमा कोरोना संक्रमितको उपचार व्यवस्थापनका लागि बनाइएका क्वारेन्टाइन,र होल्डिङ सेन्टर प्रयोगविहीन अवस्थामा छन् । सुदूरपश्चिमका गौरीफन्टा, गड्डाचौकी, भुलाघाट लगाएतका सीमानाका हुँदै भित्रिने नागरिकमा कोरोना संक्रमण देखिने गरेको छ । चैतको एक देखी १० गते सम्म गौरीफन्टा नाकाबाट करिब ३ हजार नेपाली स्वदेश फर्किएका छन् । १० दिनमा करिव ८ सय जनाको कोरोना परिक्षण गर्दा दैनिक संक्रमण दर बढ्दो छ । 

चैत महिनाको ११ दिनमा सुदूरपश्चिममा ३० जनामा कोरोना संक्रमण देखीएको र संक्रमण बढ्दै गए पछि सुदूरपश्चिमका विभिन्न नाकाहरुमा निगरानी बढाइएको छ ।  

केही समय पहिला कोराना संक्रमण घटेको भन्दै सरकार तथा नागरिक सबैले लापरबाही गर्दै आएका छन् । सरकारी पक्षले विगतका कोरोनाकालका यन्त्र उपकरण समेत चुस्त अवस्थामा राखेको पाईदैन । संक्रमण देखिएका व्यक्तिहरुलाई विगतका जस्तो क्वारेन्टाइन वा होल्डिङ सेन्टरमा राख्ने गरिएको छैन  । उनीहरु सिधै घर घर पुग्ने गरेका छन् यसले पनी सुदरुपश्चिम क्षेत्रमा कोरोना संक्रमणको जोखिम बढेको छ । 


 

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  ०९:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update