News 24 Television
परदेशमा नेपालीको समस्या समाधान गर्ने नौलो प्रविधि

काठमाडौं । विदेशी भूमिमा विभिन्न पीडा खेप्नुपर्ने, स्वदेश फर्कन कठिन हुने, कतिपय अवस्थामा जेल–सजाय समेत भोग्नुपर्ने र ज्यान समेत गुमाउनु पर्नेसम्मका समस्या पनि नेपाली कामदारले भोगिरहेका छन् । 

यसैगरी, कामदारसँग फ्रि भिसा भनिए पनि मनलाग्दी शुल्क उठाउने समस्या पनि चर्को छ । श्रमीकहरु घाइते र मृत्यु भएको अवस्थामा उनीहरुको क्षतिपूर्ति सहितको माग दाबीका लागि दुतावास नै पुग्नु पर्ने झन्झन्ट पनि छ । तर, अब भने यी सबै समस्याको समाधान गर्ने प्रयास स्वरुप नयाँ मोड्युल (अनलाइन प्रणाली)को शुरुवात गरिएको छ । 
 
वर्षेनी नेपालबाट हजारौं मानिस विदेशमा रोजगारीका लागि जाने गरेका छन् । पछिल्लो तथ्यांक हेर्ने हो भने नेपालमाबाट दैनिक औषतमा तीन हजार युवा विदेशिन्छन् । 

नेपालमा रोजगारीको वातावराण भएन पनि जीवन व्यवस्थापनको उद्देश्य सहित विदेश पुगेका नेपालीले सुख पाएको अवस्था भने छैन । विदेशिने क्रममा उनीहरू ठगिने घटना पनि बढिरहेका छन् । 

कागजपत्र नमिलेको वा नक्कली कागजात भएका लगायतका समस्या देखिएको भन्दै उनीहरुलाई विमानस्थलमै रोक्नु पर्ने अवस्था पनि छ । 

विदेशमा गएकाहरूलाई पनि सहज कहाँ छ र, मानव तस्करीका घटना, दुव्र्यवहार लगायत अमानवीय घटनाहरु सोचे भन्दा पनि डरलाग्दा बनि सार्वजनिक भइरहेका हुन्छन् । 

अवसरको खोजीमा विदेश गएकाहरू पीडा लिएर स्वदेश नै फर्केका पनि छन् । परिवारको खुसी खोज्दै विदेशिनेको गुनासो कस्ले सुन्छ ? 

स्वभाविक उत्तर हो, दूतावास । तर कतिपय सन्दर्भमा आफ्नो देशको भन्दा पनि छिमेकी राष्ट्रलाई गुहार्नुपर्ने बाध्यता रहन्छ । 

यही बाध्यतालाई केही कम गर्न कन्सुलर सेवा विभागले विदेशमा बसेका नेपालीहरुका गुनासो तथा समस्यालाई सम्बन्धित दुतावासमार्फत दर्ता गराउन सक्नेगरी नयाँ मोड्युल (अनलाइन प्रणाली) को शुभारम्भ गरेको छ । 

हुनतः सरकारले २०७५ मा नै विदेशमा समस्या भोगेकाहरुले सरकारसमक्ष सीधै टेलिफोन वा आधुनिक म्यासजिङ एपमार्फत आफ्ना गुनासा र उजुरी दर्ता दर्ता गर्न सक्ने भन्दै हेल्प डेस्क सञ्चालन गरेका थियो । तर, खासै प्रभावकारी बन्न सकेन । 

नयाँ मोड्युलको सुरुवातसँगै मन्त्रीलाई नै भेटेर ‘लौ न यस्तो छ’ भन्ने स्थिति नरहने उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको दाबी छ । 

विदेशमा नेपालीको अवस्था

–    आर्थिक वर्ष २०८०\०८१ को फागुन मसान्तसम्म विभिन्न देशमा गएका नेपाली नागरिकहरुको खोज, तलास तथा उद्धारका लागि पहल गरिएको संख्या ५ सय ९३

–    विदेशमा मृत्यु भएका वा घाइते भएका नेपालीहरु नागरिकहरुको 

क्षतिपूर्तिको रकम माग गर्न पठाइएको संख्या २० सय एक 

–    विदेशमा मृत्यु भएका नेपालीहरुको शव झिकाउने तथा विदेशमा 

दाहसंस्कार गरिएको संख्या १ सय ५२ 

यस्ता धेरै समस्याहरुमा उल्झेका पीडित पक्षका लागि अनलाइनबाटै 
समाधानका उपाय खोजिने प्रयास स्वरुप पनि नयाँ मोड्युलको सुरुवात गरिएको हो । 

त्यसैले अब कन्सुलर सेवा गाउँपालिका, नगरपालिकाबाटै अनलाइन फारम भरेर लिन सकिनेछ । 

आगामी एक हप्ताभित्रै मन्त्रालयले विदेशमा रहेका नेपाली श्रमीकहरु घाइते र मृत्यु भएको अवस्थामा उनीहरुको क्षतिपूर्ति सहितको माग दाबीका लागि दुतावास नै पुग्नुपर्ने समस्या घरबाटै गर्नसक्ने गरी व्यवस्था गर्ने जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  ०७:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update