News 24 Television
सशस्त्र प्रहरी बल र स्पर्स मल्टि स्पेशलिटी हस्पिटल प्रालिको सहकार्यमा नि:शुल्क स्वास्थ्य शिविर

बारा । सशस्त्र प्रहरी बलले सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत स्पर्स मल्टि स्पेशलिटी हस्पिटल प्रालिसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । 

photo-1712467014.jpg
बाराको सिम्रौनगढ नगरपालिका ७ खजनीमा आयोजित उक्त शिविरमा २८५ पुरुष र १२५ महिलालाई विशेषज्ञ चिकित्सकको टिमले स्वास्थ्य जाँच गरेको थियो ।  

वरिष्ठ फिजिसियन इन्टरनल मेडिसिन डा. महेश्वर प्रसाद कुर्मी,  वरिष्ठ न्यारो सर्जन डा. रञ्जित कुमार चौरासिया, हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. दिपेश कुमार शाह, प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. बबिता चौधरी, जनेरल तथा ल्याप्रोस्कोपिक  डा. अक्लाखुर रहमान, मेडिकल अधिकृत डा. राज बाबु पटेल लगायतका चिकित्सकहरुले सर्वसाधारणको स्वास्थ्य जाँच गरेका थिए । 

photo-4-1712467037.jpg
स्पर्स मल्टि स्पेशलिटी हस्पीटल प्रालिको सहकार्यमा संचालित स्वास्थ्य शिविरबाट स्थानीयले आफ्नो स्वास्थय समस्याको निराकरणको अवसर प्राप्त गरेको भन्दै खुसी व्यक्त गरेको सशस्त्र प्रहरीका एसपी सन्तोष सिंहले बताएका छन् । 

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  ११:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update