News 24 Television
लायन्स क्लब अफ साया काठमाडौंको आयोजनामा सुकुटेमा स्वास्थ्य शिविर

काठमाडौं । लायन्स क्लब अफ साया काठमाडौंले सिन्धुपाल्चोकको सुकुटेमा बृहत स्वास्थ्य क्याम्प सम्पन्न गरेको छ । 

सायाले आयोजना गरेको कार्यक्रममा रक्तदान, दाँत तथा आँखा चेकजाँच लगायत गरिएको क्लबका अध्यक्ष विकास श्रेष्ठले जानकारी दिएका छन् । 

4-1712706820.jpg
स्वास्थ्य शिविरमा १४७ जनाको आँखा चेकजाँच गरिएको र तीमध्ये १२ जनाको मोतिबिन्दु भेटिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । 

श्रेष्ठका अनुसार मोतिबिन्दु भएका बिरामीलाई निःशुल्क उपचारको व्यवस्था क्लबले नै गर्ने बताइएको छ । दन्त परीक्षणका लागि ओम समाज डेण्टल हस्पिटल प्रालिले सहयोग गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । 

helath-1712706858.jpg
स्वास्थ्य शिविर कार्यक्रममा क्लबले चिकित्सकको टोली समेत लिएर गएको थियो । कार्यक्रममा सपना पाण्डे, रजत बुढाथोकी, रविन गुरुङ लगायत उपस्थित भएका थिए । 

प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  ०५:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update