News 24 Television
जाजरकोटमा विद्यालय पुननिर्माणका लागि बेल्जियममा कार्यक्रम, उठ्यो ३० लाख 

काजाब्लांका, क्यासेल्लो । गैर आवासीय नेपाली संघ बेल्जियमले जाजरकोटको भुकम्पबाट क्षतिग्रस्त भएको विद्यालयको पुनर्निर्माण गर्न च्यारिटी सांस्कृतिक साँझ आयोजना गरेको छ । 

गत सोमबार लुभेन स्थित डोनबोस्को हल क्यासेल्लोमा आयोजित सांगितिक कार्यक्रमबाट प्राप्त आम्दानी बिद्यालय पुनर्निर्माण गरिने एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापकोटाले जानकारी दिएका छन् । 

बेनेलक्स र युरोपियन युनियनका लागि राजदुत गेहेन्द्र राजभण्डारी उदघाटन गर्नु भएको च्यारिटी सास्कृतिक कार्यक्रमको ससभापतित्व अध्यक्ष सापकोटा, सन्चालन राजेन्द्र कार्की र स्वागत कार्यक्रम संयोजक योगेन्द्र श्रेष्ठले गरेका थिए ।

kkk-1712821266.jpg
 

नेपाल आदिबासी जनजाति महासंघ बेल्जियम कावा अध्यक्ष मुना राई , शेर्पा समाज अध्यक्ष पेम्बा शेर्पा , तमु समाज अध्यक्ष होम गुरुंग , एनआरएन बेल्जियम उपाध्यक्ष समेत रहेकी किरात राई  सोसाईटी बेल्जियम अध्यक्ष इन्दिरा चाम्लिंग , तामांग समाज अध्यक्ष राम  लामा ,तमु धी अध्यक्ष संगिता तमुसियो,ब्यबशायी संघ अध्यक्ष चिरण खवास , एनआरएन आईसीसी उपाध्यक्ष गंगाधर गौतम , सचिब लोक प्रशाद दाहाल , पुर्ब अध्यक्ष प्रेम गुरुंग , नेपाली जन प्रगतिशिल मन्च अध्सक्ष प्रकास पोडेल ,,युरो नेपाल  कलाकार संघ अध्यक्ष बलराम  पुन लगायत तिन दर्जन बढी संस्था अतिथी थिए ।

उपाध्यक्ष काशी  दनै , लोकेन नेपालले सहयोगीहरूबारे प्रकाश पारे । स्थानिय कलाकीरहरूले  समेत बिभिन्न गीतहरूमा नृत्य पस्किएका थिए । कार्यक्रममा सहयोगदाताहरूलाई सम्मान गरिएको थियो ।

च्यारिटी–सांगितिक कार्यक्रममा भ्वाईस अफ नेपालका बिजेता किरण गजमेर र लाहुरे कान्छा लगायतका स्थानीय कलाकारहरुले मनोरन्जन दिएका थिए ।

k3-1712821284.jpg
 

बेल्जियमसंग जोडिएका वरपरका छिमेकी देशहरू नेदरल्यान्ड, जर्मनी, लग्जेम्बर्ग र फ्रान्सका एनआरएनएका अध्यक्षहरु पनि कार्यक्रममा उपस्थित थिए ।

नयाँ बर्षको शुभकामना आदान प्रदानका साथै मनोरन्जन र खानपानको ब्यबस्था पनि गरिएको थियो ।

हाल सम्म अनुमानित ३० लाख रूपैया जम्मा भै सकेको र बिधालयको  ५ कोठे पक्की भवन नै निर्माण गर्न रकम पुग्ने कुरा अध्यक्ष सापकोटाले बताईन ।

प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  १३:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update