News 24 Television
२०८० मा स्वास्थ्य क्षेत्र फर्की हेर्दा (भिडियो)

काठमाडौं । वर्ष ८० को स्वास्थ्य क्षेत्रलाई फर्केर हेर्दा स्वास्थ्य क्षेत्रका लागि २०८० साल समान्य समयका रुपमा नै रहयो । तर, स्वास्थ्य क्षेत्र हेर्ने जिम्मेवार निकाय स्वास्थ्य मन्त्रालयमा भने स्वास्थ्य मन्त्रीको फेरबदलको क्रम यो वर्ष पनि उस्तै रहन पुग्यो । तर चिकित्सा विज्ञान तर्फ स्वास्थ्य क्षेत्रले नयाँ आयाम रच्न सफल बन्यो । स्वास्थ्य क्षेत्रको विभिन्न पाटाहरु केलाउँदा २०८० स्वास्थ्य क्षेत्रका लागि कस्तो रह्यो त ? 

स्वास्थ्य क्षेत्रका लागि चार वर्ष आगडी देखापरेको कोरोना महामाराका केहि वर्ष निकै कष्टकर वर्षका रुपमा लिन सकिन्छ । तर २०८० सालमा कोरोना संक्रमणको अवस्थालाई मात्र हेर्ने हो भने यो वर्ष नेपालमा नगन्य संक्रमण तथा त्रास रहित वर्षका रुपमा समिक्षा गर्दा फरक नपर्ला । साथै संक्रमणले शिथिल बनेको स्वास्थ्य क्षेत्र समान्य अवस्थामा फिकिएको वर्षका रुपमा हेर्न सकिन्छ । 

 स्वास्थ्य क्षेत्रको नितिमार्ण तथा नियामक निकाय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको चर्चा गर्ने हो भने २०८० सालको सुवाती दास्रो हप्ता सम्म मन्त्रालय मन्त्री विहिन बनेको थियो । 

२०७९ माघ ३ गते स्वास्थ्य मन्त्री पदमा आएका नेकपा एमालेका पदम गिरीले ४१ दिन मै  राजिनमा दिँदा मन्त्रालय दुई महिना देखि मन्त्री विहिन बनेको थियो । 

प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद विस्तार गर्दै २०८० र्बैशाख २० गते नेपाली कांग्रेसका नेता मोहन बहादुर बस्नेतलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नियुक्त गरेका थिए । तर पूर्व स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतको कार्यकाल पनि १० महिना भन्दा बढि टिक्न सकेन । 

उनले १० महिनाको कार्यकालमा स्वास्थ्य क्षेत्रमा काम भन्दा बढि फण्डा गरेर नै गरेर बताएका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको सत्ता गठबन्धन टुटाएर नयाँ समिकरण पछि स्वास्थ्य मन्त्रीका रुपमा जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादव स्वास्थ्य मन्त्रीका रुपमा आएका छन् । 

स्वास्थ्य मन्त्रालयले स्वास्थ्य क्षेत्रमा समान्य काम बाहेक मन्त्रालयले गरेको नीतिगत कामका रुमपा ‘स्वास्थ्य वित्त रणनीति’ लाई लिन सकिन्छ । यो वर्ष मन्त्रालयले १० वर्षभित्र उपचारका कारण हुने गरिबी शून्यमा झार्ने लक्ष्यसहित स्वास्थ्य वित्त रणनीति लागू गरेको छ । 

जसमा हाल नेपालमा स्वास्थ्यमा व्यक्तिगत रूपमा हुने खर्च ५७ दशमलव २ प्रतिशत बाट घटाएर १० वर्षको अवधिमा २५ प्रतिशतमा झाने योजना समेत रणनीतिमा राखिएको छ । 

मन्त्रालयले गरेका केहि निर्णयबाट स्वास्थ्य क्षेत्रमा परेको असर 

–    तत्कालीन स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतले वीर अस्पतालमा कार्यरत २ सय २१ स्वास्थ्यकर्मी एकैपटक हटाए पछि अस्पतालको सेवा अस्तव्यस्त 

–    जनशतिmको अभावमा अस्पतालको महत्वपूर्ण वेड आइसीयू वेड ५९ बाट खुम्चाएर २३ मा तथा  आस्मिक कक्षमा रहेको ५५ बेडलाई ३५ वेडमा झार्नु प¥यो अंग प्रत्यारोपणमा पाएको सफलता 

–    हालसम्म नेपालमा भएका करिब दुई दर्जन कलेजो प्रत्यारोपण सेवा विदेशी चिकित्सकको प्रत्यक्ष सहयोगमा हुँदै आएमा पुस २७ गते त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण सफल भयो । 


यद्दपी, २०८० सालको स्वास्थ्य क्षेत्रलाई विश्लेषण गर्दा स्वास्थ्य क्षेत्रमा नेपालले खासै ठूलो उपलब्धि हासिल गरेन भन्दा फरक नपर्ला । स्वास्थ्य सेवाका लागि महत्वपूर्ण मानिएको आधारभूत अस्पताल घरदैलोमा पु¥याउन भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ मंसिर १५ गते एकै दिन सबै प्रदेशका स्थानीय तहमा ३ सय ९६ अस्पतालको शिलान्य गरे पनि यो वर्ष पनि सबै अस्पताल निर्माण कार्यले सफलता पाएन । 

चिकित्सा शिक्षामा माफयाकरण अनियमताका घटनाले २०८० पनि अछुतो रहेन । तर वर्षको अन्त्यमा  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालले ६ वर्ष पहिलाको चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगं प्रतिवेदन २०७४ सार्वजनिक गरेसंगै चिकित्सा क्षेत्रमा भने ठूलो तरंग फैदा गराएको छ । 
 

प्रकाशित मिति: शनिबार, वैशाख १, २०८१  ०६:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update