News 24 Television
'तिमी मेरो जिन्दगी' म्युजिक भिडिओ सार्वजनिक

काठमाडौँ । डा. आरसी कोइराला 'रामचन्द्र' निर्देशानमा प्रतिभाशाली गायक/मोडेल मिराज कोइराला र लोकप्रिय कलाकार तथा मोडेल प्रमिला रिजाल अभिनित म्युजिक भिडिओ सार्वजनिक भएको छ।

डा. आरसी कोइराला 'रामचन्द्र'काे शब्दरचना, एम. ए. रह्मन बाङ्लादेशको संगीत एवं मिराज कोइरालाको स्वरमा रहेको रोमान्टिक गीत "तिमी मेरो जिन्दगी" को भिडिओमा मिराज प्रमिलालाई रोमान्टिक जोडीको रुपमा फिचरिङ गरिएको छ ।  भिडिओ आर एस फिल्मस 'म्युजिक अफ नेपाल' युट्युब च्यानलबाट बजारमा आएको छ ।  

गीतमा प्रेमीद्वारा प्रेमिकाको बर्णन गरिएको छ भने भिडिओ ग्रीसको समुन्द्री तटहमा खिचिएको छ। प्रेम भावको उच्चतम कलात्मक शिल्प पोखिएको यो गीतको भिडिओमा रुपिन डङ्गोलको  छायाङ्कन एवं मिलन विश्वाकर्माको सम्पादन रहेको छ । भिडिओ आर एस फिल्मस 'म्युजिक अफ नेपाल'को पोष्ट प्रोडक्सनमा निर्माण भएको हो ।  

मोडलिङको यात्रामा मिराज कोइरालाको दर्जन भिडिओ रिलिज भैसकेका छन् भने केहि रिलिज हुने क्रममा रहेका छ।  

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १२:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update