News 24 Television
खाडीका श्रमिकका दुःख, उमेरसँगै भित्रिँदैछ रोग पनि

काठमाडौँ । वैदेशिक रोगजगारीका लागि विदेशीने व्यतिmमा मिर्गैलाको समस्या बढि देखिने गरेको छ । विशेष गरी खाडी मुलक पुग्ने श्रमिकहरुमा मिगैैलाको समस्या धेरै देखिने गरेको तथ्य फेला पर्न थालेको पाइन्छ । स्वास्थ्य संस्थामा मिर्गाैला रोगको समस्या लिएर आउने धेरै विरामीहरु खाडी मुलुकबाट फर्किएका पाइने गरेको देखिन्छ । 

उनी हुन्, ३६ वर्षीय धनबहादुर दर्लामी मगर । उनी बैदेशिक रोजगारीका लागि मलेसिया पुगेका थिए । तर, नेपालबाट मलेसिया पुगेको ९ वर्ष पछि बैदेशिक रोजगारीकाकै क्रममा मिर्गौलाले काम गर्न छोड्यो । केहि समय विदेशमै हेमोडाइलाइसिस गराएका उनी अहिले भने नेपाल मै फर्किएर डायलाइसिस गराई रहेका छन् । 

धनबहादुर मात्र हैन, बैदेशिक रोजागरीका लागि कतारमा पुगको ५१ वर्षीय धनबहादुर शेरबुजा, ३५ वर्षीय सुमन कुमार निरौला र ५८ वर्षीया सानुमाया तामाङ पनि अहिले मिर्गाैलाले काम गर्न छाडेपछि नेपाल फर्किएर राष्ट्रिय मिर्गौला उपचार केन्द्रमा हेमोडाइलाइसिस गराइरेहका छन् । 

अर्थोपार्जनका लागि विदेशीने श्रमिक नेपालीहरु खाडी मुलुकमा काम गर्दा गर्दै मिर्गाैला खराबीपछि नेपाल फर्किने गरेको देखिन्छ । बैदेशिक रोगजारीका लागि खाडी मुलक पुग्ने श्रमिकहरुमा मिर्गाैलाले काम गर्न छोड्ने समस्याले पीडीत बन्ने गरेको चिकित्सकहरुको अनुभव छ । खाडी मुलुक कतार, साउदी अरब, कुवेत, ओमान, युएई, बहराइन तथा मलेसियामा काम गर्ने प्रायः नेपालीहरुमा मिर्गौलमा समस्या देखिने गरेको विज्ञहरुको अनुभव छ । राष्ट्रिय मिर्गौला उपचार केन्द्रको तथ्यांक अनुसार वर्षेनी केन्द्रमा डायलायिस गराउन पुग्ने कुल बिरामी मध्ये १० प्रतिशत विरामी खाडी मुलकबाट मिर्गौलाको खराबीपछि नेपाल फर्किएका हुने गरेका छन् । 

खाडी मुलुकमा सुरक्षा गार्डको रूपमा काम गर्ने,े लामो समय ड्युटी गर्ने, पर्याप्त पानी पिउन नपाउने, पेनकिलरको प्रयोग धेरै गर्ने, अत्यधिक मादकपदार्थ सेवन गर्नेहरुमा मिर्गौलाको समस्या देखिने गरेको छ । बैदेशिक रोगजारीका लागि स्वास्थ्य परिक्षणका क्रममा स्वस्थ्य मानिएकाभि मात्रै श्रम अनुमति पाउने भएपनि कामको क्रममै सिर्जित स्वास्थ्य समस्या चुनौतिको विषय बनिरहेको छ ।

गैरसरकारी स्तरबाट गरिएको अध्ययनका क्रममा पनि रोगजारीका लागि विदेशीने नेपालीहरुको रगतमा क्रियटिनिन औसत भन्दा बढि दिने गरेको छ । साथै विदेशबाट फर्किएकाहरूमा स्थानीयको तुलनामा उच्च रक्तचाप, मधुमेह, मोटोपनलगायत समस्या पनि बढी देखिने गरेको छ । स्वदेशमा रोगजारीको अभाव लागायत विभिन्न समस्याका कारण रोजगारीका लागि खाडी लगाएत मुलक पुग्ने अंधिकांश नेपालीमा मिर्गौलासहितका स्वास्थ्य लिएर फर्किनु दुर्भाग्यको विषय हो । त्यसैले यस्ता समस्या समाधान गर्न तथा रोगजारीका लागि विदेश जाने नेपालीलाई यी र यस्ता स्वास्थ्य समस्याबाट जोगिन सम्बन्धित निकायले सचेतना फैलाउन आवश्यक छ ।


 

प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  १०:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update