News 24 Television
काठमाडौंमा क्यान्सर परीक्षण फ्रि, महानगरका ३२ वडामै शिविर 

काठमाडौं । काठमाडौं महानगरपालिकाले महिलाहरुमा हुने स्तन क्यान्सर,पाठेघरको मुखको क्यान्सर तथा प्रजनन् अवस्थाको परीक्षण सुरु गरेको छ । 

पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यानसर पहिचान गरी उपचार गर्न तथा रोकथाम गर्न निःशुल्क स्वास्थ्य परीक्षण सुरु गरिएको हो । 

निःशुल्क स्वस्थ्य परीक्षण कार्यक्रमको पहिलो दिन राष्ट्रिय सभा गृहका महिला जनप्रतिनिधि तथा कर्मचारीहरुको स्वास्थ्य जाँच गरिएको थियो । 

बुधवारबाट भने काठमाडौं महानगरमा बसोवास गर्ने महिलाहरुको स्वास्थ्य परीक्षणका लागि वडास्तरीय निःशुल्क क्यान्सर परीक्षण शिविर सुरु भएको छ । 

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार नेपालमा हरेक वर्ष तीन हजार भन्दा बढी पाठेघरको मुखको क्यानसरका नयाँ बिरामी थपिने गरेका छन् । 

साथै पाठेघरको मुखको क्यान्सरका कारण नेपालमा हरेक दिन ४ जना महिलाको ज्यान जाने गरेको छ । त्यस्तै महिलाहरुमा स्तन क्यानसरको अवस्था पनि यस्तै भयाभवह देखिन्छ । 

यसै विषयलाई मध्ययनजर गदै काठमाडौं महानगरपालिकाले पाठेघरको मुखको क्यानसर तथा स्तन क्यानसर पहिचान तथा उपचारका लागि महानगरापालिकाका ३२ वटै वडाहरुमा निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम संचालनमा ल्याएको छ । 

पाठेघरको क्यान्सर तथा स्तन क्यान्सरको परिक्षणको पहिलो दिन राष्ट्रिय सभा गृहका महिला जनप्रतिनिधिलाई तथा बधुवारबाट भने वडास्तरिय परिक्षण संचालनमा आएको छ । 

जस अन्र्तगत बुधवार र विहिवार काठमाडौं उपत्यकाको वडा नं. ३१ भीमसेनगोलामा शिविर संचालन भएको छ । 

वडास्तरीय परिक्षणका क्रममा समान्य मानिएका महिलाहरुमा समेत पाठेघरको मुखको क्यानसरका केहि लक्षण देखिएको शिवीरका स्वयमसेवीकाको भनाई छ । 

क्यान्सर परीक्षणका लागि थालिएको शिवीरले महिलाहरुको स्वास्थ्य अवस्था पहिचानमा मद्दत पुग्ने अपेक्षा सर्वसाधारणको छ । 

निशुल्क शिविरमा स्तन क्यान्सरको जाँचका क्रममा पहिले क्लिनिकल परीक्षण यसपछि भिडियो एक्सरे गरिन्छ । 

साथै यी दुईप्रकारका परीक्षणबाट क्यान्सरका लक्षण देखिएमा मेमोग्राम समेत गरिन्छ । यस्तै पाठेघरको मुखको क्यान्सर परिक्षणका क्रममा नमूना संकलन तथा यसको प्रयोगशाला परीक्षण समेत गराइने छ । 

शिविर सञ्चालन कुन वडामा कहिले ?

–    वैशाख ५ र ६ गते वडा नं. ३१ भीमसेनगोलामा 

–    ७, ९ गते र १० गते वडा नं २५ र २७ मा संयुक्त रुपमा इःबहालमा

–    ११ र १२ गते वडा नं. ३ महाराजगञ्जमा 

–    १४ गते वडा नं. २६ लैनचौरमा 

–    १६ गते वडा नं. २० भीमसेनस्थानमा 

–    १७ गते वडा नं. २१ यंगालमा 

–    १८ गते वडा नं. २३ ओमवहालमा

–    २० र २१ गते वडा नं. १५ मा 

–    २४ गते वडा नं. २ लाजिम्पाटमा 

–    २५ गते वडा नं. २४ मखनमा

–    २६ गते वडा नं. २२ टेवहालमा 

–    २७ गते वडा नं. १८ नरदेवीमा

–    २८ गते वडा नं. १९ कंकेश्वरीमा

–    ३० र ३१ गते सोमबार वडा नं. ३२ पाल्पाकोट कोटेश्वरमा


लगायत ३२ वटै वडाहरुमा फरक फरक दिनमा शिविर सञ्चालन गरिदैछ । 

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  ०६:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update